Comments Add Comment

नवलपरासीको रामग्राममा बजाजको शो-रुम

Bajaz-Bike

१२ भदौ, काठमाडौं । बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता हंसराज हुलासचन्दले नवालपरासीमा सुविधा सम्पन्न शो-रुम खोलेको छ । कम्पनीले नवलपरासीको रामग्राममा सेल्स्, सर्भिस र स्पेयर्सको पूर्ण सुविधायुक्त शो-रुम खोलेको हो ।

अन्सारी ट्रेडर्स नामक उक्त शो-रुमले परासी क्षेत्रका ग्राहकहरुलाई सेवा प्रदान गर्ने बताइएको छ । शो-रुमको उद्घाटन गर्दै बजाजका उपप्रबन्ध निर्देशक चिरञ्जीवी शाहले परासीमा नयाँ शोरूम खोल्न पाएकोमा खुसी भएको बताए ।

निरन्तर रूपमा देशभरिका ग्राहकहरुका लागि आफ्ना सेवाहरू समय प्रदान गर्न प्रतिबद्ध रहेको बताउँदै उनले यसका लागि ग्राहकबाट पाएको सकारात्मक प्रतिक्रियाले गुणस्तरीय सेवा विस्तारलाई प्रोत्साहित गरेको बताए ।

यस शो-रूमबाट ग्राहकहरूले गुणस्तरीय सेल्स्, सर्भिस र स्पेयर्सको सेवा प्राप्त गर्न सक्ने बताइएको छ । शो-रुम उद्घाटनको अवसरमा कम्पनीले आफ्ना ग्राहकहरुको लागि आकर्षक उपहारको घोषणा समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment