Comments Add Comment

निम्बसको पोल्ट्री उद्योगमा आइएफसीको ३७ करोड लगानी

IFC-and-Nimbus-MOU
१२ भदौ काठमाडौं । पोल्ट्री उद्योगमा विश्वमा साढे चार अर्ब डलरभन्दा बढी लगानी गरेको अन्तराष्ट्रिय वित्त निगम -आइएफसी)ले निम्बस समुहले सञ्चालन गर्दै आएको पोल्ट्री उद्योगमा करिव ३७ करोड रुपैयाँ लगानी गर्ने भएको छ ।

विश्व बैंकको सदस्य रहेको आइएफसीले पोल्ट्री फार्मको उत्पादन तथा किसानको आम्दानी वृद्धिमा सहयोग गर्ने उद्देश्यले निम्बससँग मिलेर नेपालमा ३८ लाख अमेरिकी डलर लगानी गर्ने घोषणा गरेको हो ।

आइएफसीले निम्बसको स्वामित्वमा रहेको प्रोबायोटेक उद्योगमा ३५ प्रतिशत लगानी गर्ने निम्बसका अध्यक्ष आनन्द बगारियाले बताए । नेपालको पोल्ट्री उद्योगमा आइएफसीको यो पहिलो लगानी हो ।

सन् २००१ मा निम्बस समुहको सहायक कम्पनीको रुपमा स्थापना भएको प्रोबायोटेकले शक्ति ब्राण्डमा दाना उत्पादन गर्दै आएको छ ।

दैनिक तीन सय मेटि्रक टन प्लेट दाना उत्पादन क्षमता भएको यो कम्पनी नेपालको सबैभन्दा बढी दाना उत्पादन गर्ने कम्पनी हो । नेपाली दाना बजारमा यो कम्पनीको मात्रै २५ प्रतिशत हिस्सा छ । २० प्रकारका दाना उत्पादन गर्दै आएको कम्पनीले एक सय रजिस्टर्ड डिलर र पाँच सय सबडिलरबाट ७० भन्दा बढी जिल्लामा वितरण गर्दै आएको छ ।

आइएफसीको लगानीसँगै कम्पनीले आफ्नो उत्पादन क्षमता बढाउने र काम गरेका दक्ष र अनुभवी जनशक्तिले नेपालको दाना उत्पादनको गुणस्तरमा सुधार ल्याउने आनन्द बगरियाले बताए ।

त्यसैगरी आइएफसीका एसिया प्यासिफिक निर्देशक विपुल प्रकाशले आफूहरुको लगानीसँगै नेपालको कृषि क्षेत्रमा सुधार आउने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment