Comments Add Comment

चोरी गरेको ४० वर्षपछि पक्राउ

१२ भदौ, संखुवासभा । जिल्लाको ताम्कु गाविस-१ शुक्रबारेमा २०२९ सालमा चोरी काण्डमा संलग्न भइ फरार भएका अभियुक्त प्रहरी फन्दामा परेका छन् । चोरीकाण्डमा संलग्न भएको अभियोगमा पक्राउ परेका सिंहबहादुर खम्बु अदतालबाट कैद सजाय सुनाएपछि फरार भएका थिए ।
दुई वर्ष १० महिना कैद सजाय सुनाइएका खुम्बुलाई ताम्कु प्रहरी चौकीले ४० वर्षपछि पक्राउ गरेको हो ।
२०२९ चैतमा रामनवमीको राति ताम्कु गाविस-१ शुक्रबारे टोल बस्ने शंकबहादुर राईको घरबाट १२ तोला सुन र १ थान घडी चोरी गरेको अभियोगमा खम्बुमाथि सजाय तोकिएको थियो ।
चोरीपछि ताम्कु प्रहरी चौकीले पक्राउ गरी २०३० पुस २९ गते कारबाहीको फैसला सुनाएपछि खम्बु फरार रहेको जिल्ला प्रहरी कार्यालय प्रमुख डिएसपी कमल थापाले बताए
फरार भएपछि भोजपुर र सोलुखुम्बुमा बस्ने गरेका खम्बु तीन महिनाअघि गाउँ आएका थिए । उनीसहित विभिन्न समयमा फरार १७ जनालाई चालू आर्थिक वर्षमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

ध्यान कुलुङबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment