Comments Add Comment

नेपाली क्रिकेट टिम सम्हाल्न फर्किए दशानायके

IMG_3217
१२ भदौ, काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दसानायकले नेपाली टिम सम्हाल्न नेपाल आएका छन् । सरकारले एक वर्षे पदावधि थप्ने निर्णय गरेपछि दसानायकले तीन महिने क्यानडा बसाइ सकाएर नेपाल आएका हुन् ।

विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गदैए उनले नेपाललाई फेरि ‘आईसीसी डिभिजन टु’ मा पुर्‍याउनु आफ्नो लक्ष्य भएको बताए । १७ औं एसियाली खेलकुद डिभिजन २ मा उक्लिन अभ्यास गर्ने अवसरका रुपमा प्रयोग गरिने उनले बताए ।

प्रशिक्षक दासानायकेले नेपालको क्रिकेटको स्तर उकास्ने आफ्ना योजना बारेमा शुक्रबार खेलकुद् मन्त्री पुरुषोत्तम पौडेल, क्यानका पदाधिकारी र राष्ट्रिय खेलकुद् परिषद्का सदस्यसचिवसँग छलफल गर्ने योजना रहेको बताए ।

नेपाली राष्ट्रिय टिमका कप्तान पारस खड्काले खेलाडी र समर्थकहरुको माया विर्सन नसकेर दासानायके फर्किएको बताए । उनले अब सरकारले प्रशिक्षक दासानायकेको उचित सम्मान गर्नुपर्ने धारणा राखे ।

प्रशिक्षक दासानायकेको स्वागतका लागि राष्ट्रिय क्रिकेट टिमका खेलाडीहरु त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल पुगेका थिए ।

प्रशिक्षक दासानायके करार अवधि सकिनु एक महिना अघि गत जेठ महिनामा क्यानाडा गएका थिए । दासानायकेको करार अवधि थप गर्ने/नगर्ने विषयमा नेपाल क्रिकेट संघ क्यानका पदाधिकारीबीच विवाद भएको थियो । क्यानका पदाधिकारीहरुविरुद्ध भ्रष्टाचारको मुद्धा चलेपछि उनको कार्यकाल थप भएन ।

तर, कप्तान पारस खड्काले दशानायके नभए क्रिकेट नै नखेल्ने घोषणा गरेपछि सबैतिरबाट सरकारलाई दबाव परेको थियो । लगतै सरकारले दशानायकेलाई एक वर्षका लागि प्रशिक्षक नियुक्त गर्ने निर्णय गर्‍यो ।

तीन वर्षअघि नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षकको जिम्मेवारी सम्हालेका दासानायकेले नेपाललाई डिभिजन ४ र ३ को उपाधि दिलाए भने एसिसी ट्रफीको संयुक्त विजेता बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए ।

दासानायकेकै प्रशिक्षणमा नेपालले पहिलो पटक ट्वान्टी-२० विश्वकप खेल्यो, जहाँच नेपालले हङकङ र अफगानिस्तानलाई हरायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment