Comments Add Comment

युक्रेनको संघर्षमा रुसी सेना प्रत्यक्ष संलग्न भएको आरोप

१२ भदौ, युक्रेन । रसियाली सेना युक्रेनको पूर्वी भागलाई पृथक बनाउने युद्धमा प्रत्यक्ष रूपमा संलग्न भएको आरोप वासिङटन तथा किभले बिहीबार लगाएका छन् । यसले युरोपको पूर्वी भागमा प्रत्यक्ष सैनिक सङ्घर्षको आशङ्का बढ्न थालेको छ ।

युक्रेनका राष्ट्रपति पेत्रो पोरोसेन्कोले टर्कीतर्फको आफ्नो भ्रमण रद्द गर्नुभएको छ र आफ्ना सुरक्षा प्रमुखहरूको तत्कालै बैठक बोलाएका छन् । यसलाई उच्च अधिकारीहरूले रसियाको प्रत्यक्ष आक्रमणको रूपमा लिएका छन् ।

अमेरिकी तथा युरोपेली नेताहरूको शिखर बैठकमा बैठकमा यसै विषयमा छलफल हुने बताइएको छ । किभले रसियाली सेनाले दक्षिणपूर्वी सीमा नगर तथा उक्त केही अन्य नगरहरूलाई आफ्नो नियन्त्रणमा लिएको आरोप लगाएको छ । यहाँ हाल युद्ध भइरहेको बताइएको छ ।

अमेरिकी अधिकारीहरूले रसियाली सेना प्रत्याक्रमणको अवस्थामा रहेको देखिएको आरोप लगाएका छन् । यहाँ मस्को समर्थित विद्रोहीहरूले सरकारी सेनाबाट व्यापक क्षेत्र आफ्नो नियन्त्रणमा लिएका छन् । यसले यस मुलुकमा चार महिनादेखि चलेको द्वन्द्वमा नाटकीय मोड देखाएको छ ।

किभस्थित अमेरिकी राजदूत जियोप|mी पायटले बढ्दो सङ्ख्यामा रसियाली सेना युक्रेनी क्षेत्रमा प्रत्यक्ष रूपमा सङ्घर्षरत रहेको जानकारी ट्विटरमा दिएका छन् । रसियाले युक्रेनको पूर्वी भागमा एसए-२२ सहित नयाँ हवाई प्रतिरक्षा प्रणाली पठाएको र ती हाल प्रत्यक्ष रूपमा युद्धमा संलग्न भएको उनले बताए ।

नेटोले कम्तीमा एक हजार रसियाली सेना स्थलगत रूपमा रहेको जानकारी दिएको छ । रसियाले यस आरोपलाई तत्कालै खण्डन गरेको छ र उसले आफ्ना कुनै पनि सैनिक युक्रेनमा नगएको दाबी गरेको छ ।
रासस/एएफपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment