Comments Add Comment

च्याम्पियन्स लिगमा रियलसँग लिभरपुल भिड्ने, बार्यन र सिटी एउटै ग्रुपमा (सूचीसहित)

UEFA CHAMPIONS LEAGUE१२ भदौ, काठमाडौं । युरोपियन च्याम्पियन्स लिगको समूह चरणमा इङ्ल्याण्डको लिभरपुल र स्पेनिस जायन्ट रियल मड्रिड भिड्ने भएका छन् ।

फ्रान्सको मोनाकोमा बिहीबार राति सार्वजनिक ड्रमा ग्रुप बीमा रहँदै १० पटकको विजेता रियल ५ पटकको विजेता लिभरपुलसँग भिड्ने भएको हो । डिफेन्डिङ च्याम्पियन रियल र लिभरपुलसँगै ग्रुप बी मा स्वीटजरल्यान्डको एफसी बासेल र बुल्गेरियाको लुदुगोरेट्स रहेका छन् ।

जर्मन महारथि बार्यन म्यूनिख र इङ्ल्यान्डको म्यानचेस्टर सिटी अघिल्लो वर्ष झैं एकै समूहमा परेका छन् । बार्यन र म्यान सिट ग्रुप इ मा परेका छन् । गत वर्ष समूह चरणको भिडन्तको पहिलो लेगमा बार्यन विजयी भएको थियो भने दोस्रो लेगमा सिटीले जित निकालेको थियो । गत वर्ष सिटी र बार्यनसँग भिडेको रसियाको सीएसकेए मस्कोसँगै इटालीको एएस रोमा पनि ग्रुप् इ मै रहेको छ ।

ग्रुप एफमा स्पेनिस जायन्ट बार्सिलोना र फ्रान्सको पेरिस सेन्ट जर्मेन प्रतिस्पर्धा गर्ने भएका छन् । यो ग्रुपमा नेदरल्याण्डको आयाक्स र साइप्रसको एपोल एफसीले पनि अन्तिम १६ मा प्रवेश गर्न बार्सा र पिएसजीसँग प्रतिस्पर्धा गर्नेछन् ।

इङल्यान्डको आर्सनल ग्रुप डीमा परेको छ । उसको भिडन्त जर्मनको बुरेसिया डर्टमन्डसँग हुने भएको छ । ग्रुप डी मा आर्सनल र डर्टमन्टसँगै टर्कीको गालातासारे र बेल्जियमको एन्डरेक्चको ड्र सार्वजनिक भएको छ ।

२०१२ को विजेता चेल्सी ग्रुप जीमा परेको छ । उसले तुलनात्मकरुपमा कम्जोर टिमको सामना गर्ने छ । चेल्सीसँगै ग्रुप जीमा जर्मनको साल्के, पोर्चुगलको स्पोर्टिङ लिस्बन र स्लोभानियाको मारिबोर रहेका छन् ।

गत वर्षको फाइनलिस्ट स्पेनको एट्लेटिको मड्रिड र इटालीका युभेन्टस ग्रुप ए मा परेका छन् । यी दुर्इबीच अन्तिम १६ का लागि हुने भिडन्त प्रतिस्पर्धात्मक हुने अनुमान छ । एट्लेटिको मड्रिड र युभेन्टससँगै ग्रुप ए मा ग्रीसको ओलम्पियाकस र स्वीडेनको माल्मो एफएफ परेका छन् ।

त्यसैगरी ग्रुप सीमा दुर्इ पटकको विजेता पोर्चुगलको बेन्फिका, सन् २००२ को फाइनलिस्ट जर्मनको बायर लेभरकुसन, रसियाको जेनिथ सेन्ट पिटर्सवर्ग र फ्रान्सको एएस मोनाबीच अन्तिम १६ का लागि प्रतिस्पर्धा हुने भएको छ ।

ग्रुप एचमा दुर्इ पटकको विजेता पोर्चुगलको एफसी पोर्तो, युक्रेनको सख्तर डोनेस्क, बेलारुसको बाते बोरिसेभ र स्पेनको एट्लेटिको बिल्बाओ रहेका छन् ।

Champions league Group stage

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment