Comments Add Comment

बाढीपीडितको ८२ करोड राहत सिंहदरबारमा थन्कियो

Dang Flood Victim
१३ भदौ, काठमाडौं । बाढीपहिरोपीडितहरु राहत नपाएर गाँस र बास अभावमा बिचल्लीमा छन् । तर, दैवी प्रकोपपीडितका नाममा संकलित करिब ८२ करोड रुपैयाँ केन्द्रमा थन्किएको छ ।
वितरण सञ्जाल प्रभावकारी नहुँदा विभिन्न क्षेत्रबाट संकलित रकम पीडितसम्म नपुगेको हो । जिल्ला दैवी प्रकोप उद्धार समितिले विवरण नपठाउँदा थप राहत पठाउन नसकिएको गृह मन्त्रालयका अधिकारीहरुको भनाई रहेको नयाँ पत्रिकामा खबर छ ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष संयोजक रहने प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल ५८ करोड ९३ लाख ८५ हजार एक सय रुपैयाँ छ । गृहमन्त्री अध्यक्ष रहने केन्द्रीय दैवी प्रकोप उद्धार कोषमा २३ करोड रुपैयाँ रकम मौज्दात रहेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा यस वर्ष बाढीपहिरो आउनुपूर्व ४२ करोड ७८ लाख रुपैयाँ मौज्याद थियो । देशका विभिन्न भागमा बाढीपहिरो आएपछि दाताहरुले कोषमा सहयोग उपलब्ध गराउँदै आएका छन् । यस वर्ष सो कोषमा ४३ संघसंस्थाबाट करिब ३१ करोड रुपैयाँ सहयोग प्राप्त भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment