Comments Add Comment

विद्युत निर्यात गर्ने आयोजनालाई पनि अनुदान दिने तयारी, राष्ट्रिय ढुकुटीमा १५ अर्व रुपैयाँ क्षति पुग्ने

१३ भदौ, काठमाडौं । सरकारले नेपालमा जलविद्युत आयोजनाको निमार्ण गरी भारतमा विजुली बेच्ने जलविद्युत आयोजनालाई प्रतिमेगावाट ५० लाख रुपैयाँ एकमुष्ट अनुदान दिने तयारी गरेको छ । अनुदानको व्यवस्था गरिएमा राष्ट्रिय ढुकुटीमा १५ अर्ब २५ करोड रुपैयाँ दिनुपर्नेछ ।

पहिलो चरणमा आयोजना विकास सम्झौता (पीडीए) को अन्तिम प्रक्रियामा रहेको नौ सय मेगावाटको माथिल्लो कर्णालीको प्रवर्द्धक भारतीय कम्पनी जिएमआरले अनुदान सुविधा दिने तयारी भएको छ । शुक्रबार बस्ने लगानी बोर्डको बैठकले यसबारे निर्णय गर्ने नयाँ पत्रिकामा खबर छ ।

जिएमआरलाई अनुदान दिएमा त्यसपछि पीडीएको पर्खाइमा रहेका अन्य सबै आयोजनालाई पनि सो सुविधा दिनुपर्ने बाध्यता हुनेछ । लगानी बोर्डअन्तर्गत रहेका नौं-नौं सय मेगावाटका माथिल्लो कर्णाली तथा अरुण तेस्रो, ६५० मेगावाटको तामाकोशी तेस्रो र ६ सय मेगावाटको माथिल्लो कणर्ालीलाई सरकारले १५ अर्ब २५ करोड रुपैयाँ अनुदान दिनुपर्नेछ । माथिल्लो कर्णाली तथा अरुण तेस्रोले ३ अर्ब २५ करोड र माथिल्लो मस्र्याङदीले ३ अर्ब रुपैयाँ अनुदान पाउनेछन् ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत राधेश पन्तले कानुनमा भएको व्यवस्थाअनुसार माथिल्लो कर्णाली जलविद्युत् आयोजनालगायत सबैले अनुदान तथा आयतकर छुटको सुविधा पाउने छन् । ‘माथिल्लो कर्णालीलगायत पीडीएको प्रक्रियामा रहेका सबै आयोजनाले सरकारले दिने कर छुट सुविधा पर्खिएर बसेका छन्,’ उनले भने, ‘आर्थिक ऐनमा भएको व्यवस्थाअनुसार कसैलाई भेदभाव गर्न मिल्दैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment