Comments Add Comment

डाक्टरले बिरामी जाँच्दा ५ सयभन्दा बढी रकम लिन नपाउने

doctor१३ भदौ, काठमाडौ । मुस्किलले पाँच मिनेट बिरामीको कुरा सुन्ने डाक्टरले नाडी छामेको भरमा हजार रुपैंयाँ भन्दा बढी शुल्क लिने गरेका उदाहरण प्रशस्तै छन् । यही मनपर्दी शुल्क लिने र बिरामीसँग पर्याप्त अन्तक्रिर्या नगर्ने प्रवृत्ति रोक्न सरकारले स्वास्थ्य सेवा शुल्कमा सीमा तोकेको छ ।

स्वास्थ्य मन्त्रालयले डाक्टरको डिग्री र अनुभवका आधारमा उनीहरुले लिन पाउने अधिकतम सेवा शुुल्कको सीमा निर्धारण गरेको हो । सरकारको सेवा शुल्क निर्धारण समितिको सिफारिसमा मन्त्रीस्तरीय निर्णयबाट बुधबार स्वीकृत भएको यस सम्बन्धी निर्देशिका यही असोज १ देखि लागू हुने नागरिकले दैनिकले खबर छापेको छ ।

निर्णयअनुसार एमबीबीएस पास गरेका डाक्टरले २ सय ५० रुपैंयाँ शुल्क लिन पाउनेछन् । त्यसपछि अनुभव र शैक्षिक योग्यताको आधारमा शुल्क बढ्दै जानेछ । एमडी/एमएस र त्यो भन्दा बढीको डिग्री भएका डाक्टरले ५ वर्षभन्दा बढीको अनुभवपछि अधिकतम ४ सय ७५ रुपैंयाँसँम्म शुल्क लिने पाउँनेछन् ।

एमबीबीएसपछि पाँच वर्षभन्दा बढी अनुभव प्राप्तले ३ सय, विशेष तहको तालिम (पोष्ट ग्राजुएट डिप्लोमा) गरेका डाक्टरको हकमा पाँचवर्षे अनुभवसम्म ३ सय ५० र पाँच वर्षपछि ४ सय रुपैयाँ शुल्क तोकिएको छ । एमडी/एमएस र त्यो भन्दा माथिको जुनसुकै अध्ययन पूरा गरेकोले पाँच वर्षसम्म ४ सय ५० र पाँच वर्षको अनुभवपछि ४ सय ७५ सम्म शुल्क लिन पाउनेछन् ।
डाक्टरले तोकिएको सीमाभित्र रहेर शुल्क लिनुका साथै आफ्नो शुल्क सवैले देख्नेगरी टाँस्नुपर्ने ब्यवस्था गरिएको चिकित्सा सेवा महाशाखा प्रमुख डा. गुणराज लोहनीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment