Comments Add Comment

शुक्रबारका दैनिक पत्रिकामा मुख्य खबर

राजधानीबाट शुक्रबार प्रकाशित सबैजसो दैनिक पत्रिकाले संविधानका अपरिवर्तनीय बुँदामा सहमति भएको, नयाँ संविधानको नाम नेपालको संविधान राख्न दलहरु सहमत भएको खबरलाई प्राथमिकताका साथ छापेको छ ।
नयाँ पत्रिकाले बाढीपीडितको ८२ करोड राहत सिंहदरबारमै थन्किएको, विद्युत निर्यात गर्ने आयोजनालाई पनि अनुदान दिने तयारी भएको, डोटीमा एचआइभी संक्रमितको मृत्यु हुँदा किरिया नगरिने र मरेकै दिन मासुभात खाने चलन रहेको खबरलाई प्राथमिकताका साथ छापेको छ ।
अन्नपूर्ण पोस्टले चीनले मिचेको भूमिमा नेपालीबाट उल्टै कर असुल गरिएको, भारतद्धारा नेपाली प्रस्तावको स्वागत गरिएको, चाँडै उर्जा वार्ता हुने खबरलाई प्राथमिकताका साथ छापेको छ ।
नागरिक दैनिकले बिरामी जाँचे बापत डाक्टरले ५ सय रुपैयाँ भन्दा बढी लिन नपाउने, प्रहरीमा धमाधम बढुवा र सरुवा भइरहेको खबरलाई प्राथमिकताका साथ छापेको छ ।
राजधानी दैनिकले उच्चस्तरीय राजनीतिक समितिमा दलहरु सहमति नजिक, संविधान निर्माणको मुख्य विवादमा सहमति जुटेको खबरलाई प्राथमिकताका साथ छापेको छ ।

0

1

2

4

5

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment