Comments Add Comment

सिंगल इन्जिन भएका जहाजले यात्रु बोक्न नपाउने

single-engin-plane

१३ भदौ, काठमाडौ । आन्तरिक उडान भर्ने वायुसेवामाथि कार्गो ढुवानी घट्न थालेपछि यात्रु उडानमा केन्दि्रत सिंगल इन्जिन विमान कम्पनीले अब याुत्र बोक्न नपाउने भएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले यस्ता सिंगल इन्जिन जहाजमार्फत यात्रु बोक्न पूर्णरुपमा प्रतिबन्ध लगाएको छ ।

प्राधिकरणले सीता एयर र एयर काष्ठमाण्डपलाई यात्रु बोक्न प्रतिबन्ध लगाउँदै कार्गोमा झारिदिएको छ । यी दुवैले दुर्गम क्षेत्रमा यात्रु बोक्दै आएको कारोबार दैनिकमा खबर छ ।

डबल इन्जिन भए हवाई सुरक्षा, प्रगति प्रतिवेदन तथा आवश्यक कागजपत्र उपलब्ध नगराएकोले सीतालाई कार्गोमा घटुवा गरिएको प्राधिकरण महानिर्देशक रतिशचन्द्रलाल सुमनले बताए । ‘सुरक्षा मापदण्ड (लेवल टु) पुरा नगरेकिाले उसलाई कारवाही गरिएको हो,’ उनले भने, ‘सुधारे कारवाही फुकुवा हुन्छ ।’

कार्गोबेसमा एयरलाईन्स कम्पनीको ब्यवसाय घट्दै गइरहेको बेला प्राधिकरणको कदमले यात्रुसमेत बोक्ने कम्पनीलाई मार पर्नेछ । सीताले गत वर्ष ८ हजार ८ सय ३ र काष्ठमाण्डपले २ सय ३३ यात्रुलाई सेवा दिएका थिए ।

हाल अरु कम्पनीले समेत कार्गो ढुवानी गर्दै आए पनि मकालु एयरलाइन्स, गोमा एयर र काष्ठमाण्डपले सिंगल इन्जिनबाट बढीजसो कार्गो बोक्दै आएका थिए । अब भने सीतासहित अन्य सबै सिंगल इन्जिन जहाजले कार्गोमात्रै ढुवानी गर्नुपर्नेछ ।

प्राधिरणले एयर अपरेटर्स सर्टिफिकेट (एओसीं) नविकरणमा सीता र काष्ठमाण्डपलाई घटुवा गरेको हो । उसले बुद्ध, यती, तारा, नेपाल वायुसेवा निगम, सिमि्रक एयरलाईन्स, सिमि्रक एयर, मकालु एयर, श्री एयरलाईन्स, माउन्टेन हेलिकप्टर, गोमा एयर र एयर डाइनेष्टीको एक वर्षका लागि एओसी नविकरण गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment