Comments Add Comment

ढुङ्गा, गिट्टी र बालुवाको आपूर्ति चाँडै सहज बनाउँछु : अर्थमन्त्री

CNI

१३ भदौ काठमाडौं । अर्थमन्त्री डा. रामशरण महतले चाँडै ढुँगा, रोडा, गिट्टी तथा बालुवाजस्ता निर्माण सामाग्रीहरुको सहज आपूर्ति गर्ने बताएका छन् ।

‘निर्माण सामाग्रीको सहज आपूर्ति हुन नसक्दा चालु आर्थिक बर्षको विकास निर्माणसँग सम्वन्धित आयोजनाहरु समेत प्रभावित भएकाले यसमा सरकारको गम्भीर ध्यानाकर्षर्ण भएको छ’ मन्त्री महतले भने- ‘त्यसैले चाँडै नै आपूर्ति सहज बनाइने छ ।’

नेपाल उद्योग परिसंघको प्रतिनिधिमण्डलसँगको भेटवार्तामा मन्त्री महतले निर्माण सामग्रीको आपूर्ति ठप्प भएमा देशकै विकास निर्माण ठप्प हुन जाने हुँदा यसतर्फ तत्कालै ध्यान दिने आश्वासन दिएका छन् ।

व्यवसायीहरुले सरकारले वैकल्पिक व्यवस्था नगरी निर्माण सामाग्रीहरुको उत्पादनका लागि कडा मापदण्ड बनाएको गुनासो गरेका थिए । निर्माण सामाग्रीको आपूर्ति नहुँदा विकास निर्माण ठप्प भएको, निर्माणका अन्य कामहरु पनि रोकिएको, डण्डी तथा सिमेन्ट जस्ता अन्य उद्योगहरुमा पनि नकारात्मक प्रभाव परेको र धेरैको रोजगारी गुमेको उनीहरुको गुनासो थियो ।

अर्थमन्त्री महतले निर्माण सामाग्रीको सहज आपूर्ति नहुँदा विकास निर्माणमा प्रतिकूल प्रभाव पर्ने, उत्पादन नहुँदा राजस्व असूलीमा असर पुगेकाले वातावरण संरक्षण र विकास निर्माणका कामलाई पनि सहज वातावरण कायम हुनेगरी उपाय निकालिने आश्वासन दिए । यसका लागि आफूले वनमन्त्री तथा वातावरण मन्त्री र अन्य सम्वन्धित निकायसँग छलफल गरिरहेको जानकारी दिए ।

स्थानीय विकास निर्माणको गतिलाई नरोक्नका लागि पनि केही न केही उपाय ननिकाली नहुने महतको भनाई थियो । ‘यसका लागि आफू सम्वन्धित मन्त्रालयहरु र निकायसँग थप गृहकार्य गरी उचित उपाय निकाल्न र स्थितिलाई सहज बनाउन तयार छु’ उनले भने- ‘तर, वातावरण संरक्षण सबैभन्दा ठूलो कुरा हो, निर्यातबाट प्राप्त हुने अर्बौ रुपैयाँ पनि त्याग्न तयार छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment