Comments Add Comment

ह्याप्पी न्यु ईयरमा दीपिकाको कामुक नृत्य

Deepika

मुम्बई । ट्रेलर सार्वजनिक भए लगत्तै चर्चामा आएको फिल्म ‘ह्याप्पी न्यु ईयर’ मा दिपिका पादुकोणको कामुक नृत्य गरेकी छिन् । चलचित्रमा मुख्य भुमिका निर्वाह गरेका शाहरुख खानले समेत दीपिकाको कामुक नृत्य रहेको बताएपछि प्रसंसकहरु खुसी भएका छन् ।

शाहरुख र दीपिकाको अतिरिक्त सोनु सुद, वोमन ईरानी, विवान शाह, ज्याकी श्राफ लगायतका कलाकारले मुख्य भूमिका निर्वाह गरेका छन् । चेन्नई एक्सप्रेश’ पछि ‘हयाप्पी न्यु ईयर’लाई शाहरुखको अर्को महत्वकांक्षी फिल्म मानिएको छ ।

लामो समयपछि शाहरुख र फराह खानलेसँगै काम गरेका छन् । त्यसकारण पनि यो फिल्मलाई राम्रो मानिएको छ । यस अघि ‘मै हुँ ना र ओमा शान्ति ओम’मा फराह र शाहरुखलेसँगै काम गरेका थिए । ओम शान्ति ओम दिपिकाको पहिलो फिचर फिल्म थियो । मै हुँ ना र ओम शान्ति ओम दुबै फिल्मको शाहरुखको नृत्यको निकै तारिफ भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment