Comments Add Comment

सेयरधनीलाई एक अर्ब ३७ करोड नगद बाँड्ने नबिल बैंकको घोषणा

१३ भदौ, काठमाडौं । नबिल बैंक लिमिटेडले गत वर्षको नाफाबाट सेयरधनीलाई ६५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । बैंकको Nabil-Bank-बिहीबार साँझ बसेको सञ्चालक समिति बैठकले २० प्रतिशत बोनश सेयर र ४५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।

। बोनस सेयर वितर पश्चात बैंकको चुक्ता पुँजी तीन अर्ब ६५ करोड रुपैयाँ पुग्नेछ । बैंकले १ अर्ब ३७ करोड ११ लाख रुपैयाँ नगद लाभांस पाउने छन् ।

बैंकको यो निर्णय राष्ट्र बैंक र आगामी साधारणसभाले स्वीकृति दिएपछि मात्रै कार्यान्वयन हुन्छ । गत वर्ष बैंकले २ अर्ब ३१ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

नबिल बैंकको यो प्रतिफल वाणिज्य बैंकहरुमध्ये सबैभन्दा सबैभन्दा बढी हो । गत साता एभरेष्ट बैंकले पनि ६२ प्रतिशत लाभांशको घोषणा गरेको थियो । अन्य बैंकहरु यतिधेरै प्रतिफल  घोषणा गर्नसक्ने अवस्थामा छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment