Comments Add Comment

सुन दुई सय बढ्यो, चाँदी दुई हप्तादेखि स्थिर

१३ भदौ, काठमाडौं । हप्ताको अन्तिम दिन शुक्रबार सुनको भाउ तोलामा २ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी goldमहासंघले शुक्रबारका लागि सुनको भाउ तोलाको ५३ हजार ६ सय रुपैयाँ तोकेको छ ।

बिहीबार सुन तोलाको ५३ हजार ४ सय रुपैयाँमा किनबेच भएको थियो । केही दिनदेखि स्थिर रहेको सुनको भाउ बिहीबारदेखि उकालो लाग्न थालेको हो । तीजको समयमा सुनको कारोबार उच्च हुने भएपनि बजारमा सुनको भाउ स्थिर रहेको थियो ।

चाँदीको भाउ भने करिव २ हप्तादेखि स्थिर रहेको छ । भदौ २ गते तोलाको ८ सय रुपैयाँ कायम भएको सुन त्यसयता सोही भाउमा किनबेच भइरहेको छ । अझै केही दिन चाँदीको भाउ स्थिर रहन सक्ने व्यवसायीहरुले अनुमान गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment