Comments Add Comment

प्रचण्डले बाेलेलगत्तै एमाओवादीद्वारा संसद अवरूद्द

१३ भदौ, काठमाडौं । प्रमुख विपक्षी एकीकृत नेकपा माओवादी सहितका विपक्षी दलहरुले व्यवस्थापिका संसदको आजको बैठक अवरूद्द गरेको छ ।
कांग्रेस एमालेसहितका सत्तारुढ दलहरुसँगको वार्ता सकारात्मक नभएको भन्दै  संसद बैठकमा एमाअोवादीका अध्यक्ष प्रचण्डले बोलेपछि सदन अवरुद्ध गरिएको हो ।

एमाअोवादीका सभासदहरूले उभिएर सदन चल्न नदिएपछि सभामुख सुवास नेम्वाङले भदाै १५ गते सम्मका लागि व्यवस्थापिका संसदको बैठक स्थगित गरेका छन् । संसदमा बोल्दै एमाअोवादी अध्यक्ष प्रचण्डले सरकार एकलाैटीरूपमा अघि बढेको जनाउँदै सहिद, वेपत्ता र द्वन्द्वबाट पीडित परिवारलार्इ थप राहत दिन पनि माग गरे ।

शुक्रबार एमाले अध्यक्ष केपी ओलीको निवासमा तीन दलका शीर्ष नेताहरुबीच भएको छलफल निष्कर्षविहीन भएको थियो । कृष्ण सिटौंला, केपी ओली र प्रचण्डबीचको वार्ता असफल भएपछि एमाअोवादीले संसद बैठक चल्न नदिएको हो ।

उच्चस्तरीय राजनीतिक संयन्त्र गठन, बजेटमा विपक्षीका माग सम्बोधन र चारबुँदे सहमति लगायतका विषयमा सत्तारुढ दल सहमत नभएसम्म सदन चल्न नदिने घोषणा  एमाओवादीले गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment