Comments Add Comment

गिट्टी कुट्न नपाउँदा सुन्तलीको चूलो निभ्यो

Suntali Magarनिमुसंगम घर्ती
१३ भदौ, दाङ । गिट्टी कुटेर पेट पाल्दै आएकी सुन्तली मगरको चूल्हो बल्न धौ धौ भइसकेको छ । दाङ घोराही की सुन्तलीले गिट्टी कुटेरै ५ जनाको परिवार पाल्दै आएकी थिइन् ।

तर, अहिले गिट्टी कुट्न नपाएपछि उनी सााझ विहानको जोहो गर्न समस्यामा परेकी छन् । ‘एक महिनादेखि काम गर्न पाएको छैन, अब त घरमा खाने अन्न र पैसा नहुदा पकाई खाने भााडा बेच्न थालेकी छु’ उनले भनिन् ।

खोलाबाट रोडा ढुंगाजन्य बस्तुहरुको उत्खनन् र निकासीमा सरकारले रोक लगाएपछि दाङमा सुन्तली जस्तै १० हजार मजदुरको रोजिरोटी खोसिएको छ ।

साउन १ गते देखी चुरे क्षेत्र संरक्षणको नाममा जिल्लाका कुनै पनि खोलाहरुबाट ढुंगा, बालुवा, गिट्टी उत्खनन् र निकासीमा रोक लगाइएको छ । यसबाट भौतिक संरचना निर्माणको काम ठप्प हुदा १० हजार २ सय मजदुरहरु काम बिहिन भएका हुन् ।

अहिले भौतीक संरचना निर्माण र त्यसमा काम गरेर गुजारा गर्ने २ सय निर्माण व्यवसायी र १० हजार श्रमकिहरु बेरोजगार बनेका भवन निर्माण व्यवसायी समितिका सल्लाहकार रामप्रसाद विश्वकर्माले जानकारी दिए ।

जिल्लाका करिब ८ सय गिट्टी मजदुरहरु पनि बेरोजगार भएका छन् । ‘गिट्टी फोडेर मात्रै के गर्ने निकासी गर्न दिदैनन्’ अखिल नेपाल गिट्टी मजदुर संघ दाङका अध्यक्ष साउने नेपालीले भने । संघमा आबद्ध ७ सय ८३ गिट्टी मजदुरहरुले काम नपाउदा छाक टार्न समस्या भएको छ

घोराही, तुलसीपुर र लमही क्षेत्रमा अहिले भवन निर्माणको लागि आबश्यक ढुंगाजन्य बस्तुहरु नहुदा मजदुरहरु भारत जान थालेका छन् ।

काम नहुदा मजदुरहरु भारतको सिम्ला, कस्मीर, लखनउ, दिल्ली, पञ्जावमा काम खोज्न भन्दै करिब ५० प्रतिशत गैसकेको समितिका सल्लाहकार बिश्वकर्माले बताए ।

रोजगार दिनु पर्ने सरकारले गिट्टी फोडेर दिन चलाउनेको पेशा नै खोसेको अर्का मजदूर गोविन्द नेपालीले बताए । ‘सरकारले हस्तक्षेप गरेर मात्रै हुदैन बिकल्प पनि दिनुपर्छ नत्र हामी हजारौ मजदुर के खाएर बााच्ने ?’ उनको प्रश्न छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment