Comments Add Comment

‘पुन्टे’लाई ३ मा ल्याउने तयारी

punte-pared
सिनेमा प्रदर्शनको मिति तय भएपनि बारम्बार सर्दै आएको घटना नेपाली फिल्मका लागि नयाँ होइन । यसैक्रममा चलचित्र ‘पुन्टे परेड’ २ पटक सरेर असोज ३ मा पुगेको छ । सुवास कोइरालाको निर्देशनमा तयार भएको यो सिनेमाले भाद्र २७ गते दोश्रो पटक प्रदर्शन मिति तय गरेको थियो । तर ‘निशानी’ सिनेमा पनि सोही समयमा आउने भएपछि एक साता पर सारिएको निर्माणपक्षले जनाएको छ ।

चलचित्रको च्यारेटी शो पश्चात आएको प्रतिक्रियाबाट सिनेमाका केही दृश्यहरु परिवर्तन गरेको निर्देशक कोइरालाको भनाई छ । आइडियाज एण्ड इमेज प्रालीको ब्यानरमा हरि महत्त, सुरज कोइराला र अनिल अधिकारीले निर्माण गरेको यो चलचित्रमा संयम पुरी, एन्जिला दाहाल, निलु डोमा शेर्पा, सरोज श्रेष्ठको मुख्य भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment