Comments Add Comment

सरकारद्वारा १८ सभासद मनोनित, गणेश थापा सभासद बने (सूचीसहित)

savasad
१३ भदौ, काठमाडौं । सरकारले मन्त्रिपरिषद्ले मनोनयन गर्ने २६ सभासदमध्ये १८ जना मनोनित गरेको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले सत्तारुढ कांग्रेसको भागमा परेको ९, एमालेको भागमा गरेको ८ र र विपक्षी राप्रपा नेपालको भागमा परेको एक गरी १८ सभासद मनोनित गरेको छ ।

तर, झण्डै चार घन्टा पछि एकको सभासद पद खोसिएको छ । कांग्रेसबाट सभासद भएकी रूक्मिणी कोइराला समानुपातिकको कोटामा भएको समाचार सार्वजनिक भएपछि उनको सभासद पद खोसिएको हो ।

मधेसी दलहरुले संसदमा प्रश्न उठेको भन्दै एकीकृत नेकपा माओवादीले भने नाम बुझाएको छैन । मधेसी दलहरुले २६ सभासद भागवण्डाप्रति विरोध गरेका छन् । उनीहरुले समानुपातिक वा प्रत्यक्षतर्फ पाएको मतका आधारमा सभासद भावगण्डा लगाउनु पर्ने बताएका छन् ।

को-को भए सभासद

नेपाली कांग्रेसको तर्फबाट राधेश्याम अधिकारी, शिवबहादुर खड्का, पुष्कर आचार्य, रेशम बानिया, सुकदेव सुतिहार, सूर्यदेव दास उराव सभासद बनेका छन् ।

कानुन व्यवसायी समेत रहेका राधेश्याम अधिकारी अघिल्लो संविधानसभामा पनि २६ सभासदको कोटामा कांग्रेसको तर्फबाट मनोनित भएका थिए ।

कांग्रेसको कोटाबाट सभासद भएका उमेश श्रेष्ठ विद्यालय सञ्चालक हुन् भने अनिलकुमार रुङटा वरिष्ठ नेता शेरबहादुर शेरबहादुर देउवा निकट व्यापारी हुन् ।

एमालेका तर्फबाट उदय नेपाली, अग्नि खरेल, गंगा डाँगी, मिरा ध्वजु, पेम्बा भोटे, नरेश खरेल, डा. राजन भट्टराई र पर्तमान धिमाल छन् ।

अग्नि खरेल अघिल्लो संविधानसभामा पनि सभासद थिए । मिरा ध्वजु एमाले महासचिव इश्वर पोखरेलकी पत्नी हुन् । भोटे आदिवासी जनजाति महासंघका महासचिव हुन् । 

कमल थापालाई भाइ प्यारो

राप्रपा नेपालका अध्यक्ष कमल थापाले भने आफ्नै भाइ गणेश थापालाई सभासद बनाएका छन् । राप्रपा नेपालको भागमा परेको एक सिटमा कमल थापाका भाइ एन्फा अध्यक्ष गणेश थापा सभासद भएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment