Comments Add Comment

कसरी गर्न सकिन्छ मासु खाएर प्रकृतिलाई प्रेम ?

gai

विश्वमा हरेक वर्ष ६५ अर्ब विभिन्न जनावरहरु मासुका लागि मान्छेद्वारा मारिन्छन् र खाइन्छन् । अर्थात् विश्वमा हरेक वर्ष एक जना मानिसले औषतमा ९ वटा जनावर मारेर खान्छ ।
यसको पर्यावरणमा ठूलो असर पर्छ । यदि हामी वातावरणमैत्री बन्न चाहन्छौँ भने के हामी मांसाहारी बन्नुपर्छ ?
यो प्रश्नको जवाफ खोज्न म विश्वको सबैभन्दा धेरै मासु खपत हुने देश अमेरिकामा पुगेँ ।
त्यहाँ मैले गोठालाहरुले आजभन्दा डेढ सय वर्ष पहिले जस्तै गरी परम्परागत तरिकाले गाइवस्तु चराएको पाएँ । मैले मिथेन ग्यासको जाँच गर्ने लेजर उपकरण लिएर गाइवस्तुको झुण्ड नजिकै गएँ । उक्त उपकरणबाट जाँच गर्दा त्यहाँ गाइवस्तुले ठूलो परिमाणमा मिथेन ग्यास उत्सर्जन गरेको पाइयो ।

हरितगृह ग्यास प्रभाव

एउटा गाइले मात्र एक दिनमा ५ सय लिटर सम्म मिथेन उत्सर्जन गर्छ ।

gaiयदि विश्वमा रहेका डेढ अर्ब गाइवस्तुको अनुपातमा हेर्नेहो भने त्यो एक विशाल परिमाण हुन आउँछ । त्यतिधेरै गाइवस्तुले उत्सर्जन गर्ने मिथेनको प्रभाव पर्यावरणमा निकै हानिकारक हुन्छ । हरित गृह प्रभावका लागि मिथेन ग्यास कार्वन डाइअक्साइड भन्दा २५ गुणा बढि हानिकारक हुन्छ ।
यो समस्याको मुख्य कारण भनेको गाइले घाँस खानु हो । भलै गाइको पेटमा रहने सुक्ष्म जिवाणुका कारण घाँसमा पाइने सेलुलोज पच्दछ तथापि ठूलो मात्रामा मिथेन ग्यास पैदा हुन्छ ।
अमेरिकाको टेक्सासमा मैले देखेँ घाँसको ठाउँमा मकै, बोसो, हर्मोन तथा एन्टिबायोटिकका मिश्रण समेत गाइवस्तुलाई खुवाइन्छ । यस्तो खुवाउँदा गाइले कम मिथेन ग्यास उत्सर्जन गरी बढि वजन वृद्धि गर्छ ।

दैनिक मासु सेवन

अध्ययन अनुसार यस्तो बनाबटी खाना खुवाइएका गाइबाट उत्पादिन मासुबाट ४० प्रतिशत कम मिथेन उत्सर्जन हुन्छ ।
गाइको एक किलो मासु उत्पादन गर्दा १६ किलो कार्वन डाइअक्साइड पैदा हुन्छ भने भेँडाको १ किलो मासु उत्पादन गर्दा १३ किलो ।
त्यस्तै सुँगुरको मासु उत्पादन गर्दा झन थोरै अर्थात् त्यसको आधा जसो कार्वनडाइ अक्साइड उत्पादन हुन्छ । कुखुराको एक किलो मासु उत्पादन गर्न केवल ४.४ किलो कार्वन डाइअक्साइड उत्सर्जन हुन्छ ।
यदि तपाइँ साँच्चीकै वातावरणमैत्री मांसाहारी हुन चाहनुहुन्छ भने तपाइँले प्रतिदिन १ सय ग्राम भन्दा कम मासु खानु आवश्यक हुन्छ । जो विश्वको अहिलेको दैनिक प्रतिव्यक्ति मासु खपत भन्दा आधा हो । डाक्टर माइकल मोसली/बीबीसी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment