Comments Add Comment

अलपत्र कामदारको उद्दारका लागि एनआरएनए र पौरखीवीच सम्झौता

NRN_pourakhi 2१३ भदाै, काठमाडाैं । विदेशमा कार्यरत नेपाली महिला श्रमिकको उद्दार र राहतका लागि गैरआवासीय नेपाली संघ र गैरसरकारी संस्था ‘पौरखी’वीच सम्झौता भएको छ ।

बुधबार काठमाण्डौमा आयोजित कार्यक्रममा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष शेष घले र पौरखीकी अध्यक्ष मञ्जु गुरुङवीच सम्झौतापत्रमा हस्ताक्षर भयो ।

सम्झौतापछि गैरआवासीय नेपाली संघले आफ्नो संजालमार्फत् खाडी लगायतका मुलुकमा अलपत्र परेका बिशेषत: महिला कामदारको उद्दारका लागि पौरखीसंग मिलेर काम गर्ने छ । उनीहरुलाई कानुनी सहायता प्रदान गर्ने, सुरक्षित आप्रवासन सम्बन्धमा सचेतना कार्यक्रम संचालन गर्ने र स्वदेश फर्किएका नेपाली आप्रवासी कामदारलाई उद्यमशीलता बिकाशमा सहयोग गर्न दुवै संस्थाले मिलेर काम गर्नेछन् ।

‘हामीले पहिले पनि अनौपचारिकरुपमा पौरखीसँग मिलेर काम गरेका थियौं’ अध्यक्ष घलेले भने–‘अब हाम्रो औपचारिक सम्बन्ध सुरु भएको छ, सुरक्षित आप्रवासनका यो निकै महत्वपूर्ण र अर्थपूर्ण साझेदारी हो ।’

पौरखीकी अध्यक्ष गुरुङले जहाँ नेपाली दिदीबहिनीहरु दु:खको अवस्थामा हुन्छन त्यहाँ उद्दार जरुरी हुने बताउँदै आफ्नै नेटवर्क नभएका कारण उद्दार गर्न असम्भव भएको अवस्थामा एनआरएनको संजालमार्फत् हामीले उद्दार र नेपालमा पुर्नस्थापनाको कामलाई तिब्रता बताइन्

पौरखीसँगको साझेदारीमा अब एनआरएनले सम्बन्धित देशमा अलपत्र परेका नेपाली महिलालाई कानुनी सहायता प्रदान गर्ने, सेफ हाउस स्थापनामा सहयोग गर्ने, सुरक्षित आप्रवासनबारे जनचेतना जगाउन सहकार्य गर्ने र पिडीत महिला कामदारलाई मनोबैज्ञानिक तथा सामाजिक परामर्श प्रदान गर्ने एनआरएनए अध्यक्ष घलेले जानकारी दिए ।

उद्दार गरेर नेपाल ल्याइएका नेपाली महिला कामदारलाई पौरखीले कानुनी सहायता प्रदान गर्ने, उनीहरुलाई सेफ हाउसमा राख्ने, परामर्श दिने र समाजमा पुर्नस्थपना गर्ने कार्य गर्ने छ । पौरखीले काठमाण्डौंसहित मुलुकका १६ जिल्लामा बिदेशबाट फर्किएर आएका बिशेषत: महिलालाई परामर्श, पुनस्थापना र उद्यमशीलता बिकाशमा सहयोगसम्बन्धी कार्यक्रम संचालन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment