Comments Add Comment

रसुवामा टेलिकमको नयाँ रिपिटर टावर

१३ भदौ, रसुवा । रसुवा जिल्लामा मोबाइल सेवा विस्तार गर्न नेपाल टेलिकमले धुन्चे र यार्साको उच्च भाग फुलुङडाँडामा रिपिटर NTCटावर निर्माण कार्य अगाडि बढाएको छ ।

नेपाल टेलिकमका अनुसार सो डाँडाबाट काठमाडौँ र चीनको सीमा नाका रसुवागढी देखिने भएकाले मोबाइल सेवा प्रयोगमा सहजता आउने छ ।

रिपिटर टावर निर्माण भएपछि स्थानीय बासिन्दाका अलवा रसुवागढी पुग्ने व्यापारी र गोसाइँकुण्ड पुग्ने पर्यटकसमेतलाई सुविधा पुग्ने प्राविधिकहरुले बताए ।

नुवाकोट जिल्लाको न्यौपानेचौरमा रहेको रिपिटर टावर समयसमयमा अवरुद्ध हुने भएकोले फुलुङडाँडामा जडान हुने उपकरणले टेलिफोन/मोबाइल सञ्चालनमा थप सहजता आउने अपेक्षा गरिएको नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment