Comments Add Comment

यू-१६ विजेता क्रिकेट टिमलाई ९ लाख दिने सरकारको निर्णय

फाइल फोटो : उपाधिसहित नेपाल फर्किएको टोली स्वेदश फर्किएपछि विमानस्थलमा ।
फाइल फोटो : उपाधिसहित नेपाल फर्किएको टोली स्वेदश फर्किएपछि विमानस्थलमा ।

१३ भदौ, काठमाडौं । सरकारले एसीसी यू-१६ प्रिमियर च्याम्पियन नेपाली क्रिकेट टिमलाई ९ लाख पुरस्कार दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले नेपाली टोलीका खेलाडी, प्रशिक्षक र व्यवस्थापक गरी १७ जनालाई पुरस्कारस्वरुप जम्मा नौ लाख दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री मिनेन्द्र रिजालले जानकारी दिए ।

मलेसियामा भएको प्रतियोगितामा सबै खेल जित्ने क्रममा नेपालले अन्तिम खेलमा घरेलु टोलीलाई ३२ रनले पराजित गर्दै उपाधि जितेको थियो ।

पुरस्कार रकम ९ लाख हुनु पर्नेमा अन्यथा भएकाले सच्याइएको छ-स.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment