Comments Add Comment

जुनियर खुला लनटेनिसमा प्रनव र इरालाई स्वर्ण

१३ भदौ, काठमाडौं । सेन्ट जेभियर्सका प्रनव खनाल र पेनउड एकेडमीकी इरा राउतले आठौं एलए/जेटीआई अन्तरविद्यालय जुनियर खुला लनटेनिस प्रतियोगितामा शुक्रबार स्वर्ण जितेका छन् । यु-१४ सिंगल्सको ब्वाइजमा प्रनव र गर्ल्समा इरा पहिलो भएका हुन् ।

हात्तीवनस्थित आयोजक लिटिल एन्जल्स (एलए) स्कुलको कोर्टमा भएको फाइनलमा प्रनवले काष्ठमण्डपका सहर्ष चन्दलाई ६-० र ६-१ ले पराजित गरे । इराले द ब्रिटिस स्कुलकी एनी माथेमालाई १-६, ६-३ र १०-८ ले फाइनलमा हराइन् ।

यु-१० गर्ल्स सिंगल्सको उपाधि एलएकी सलोनी तामाङले जितिन् । फाइनलमा सलोनीले चेल्सी इन्टरनेसनलकी रायना शाहलाई ८-० ले निराश पारिन् ।

सोही उमेरसमूहको ब्वाइजमा आदित सुवेदी च्याम्पियन बने । उनले फाइनलमा युरो इन्टरनेसनलका आदित्य सुवेदीलाई ९-७ ले पाखा लगाए ।

यु-१६ गल्र्स सिंगल्समा ब्रिटिसकी एनी माथेमा फाइनलमा प्रवेश गरिन् । दोश्रो सेमिफाइनलमा एनीले डिएभीकी विजिशा श्रेष्ठलाई ६-३ र ६-१ को सोझो सेटमा पाखा लगाइन् ।

फाइनलमा एनीको भेट पहिलो सेमिफाइनलकी विजेता इरा राउतसंग हुनेछ । प्रतियोगिताको अन्तिम दिन शनिबार यु-१६ ब्वाइज/गल्र्सको सिंगल्स हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment