Comments Add Comment

बक्सिङ टोली बैंकक जाने

१३ भदौ, काठमाडौं । एसियाडको तयारीलाई नेपाली बक्सिङ टोली वैदेशिक प्रशिक्षणका लागि शनिबार थाइल्यान्डको बैंकक प्रस्थान गर्ने भएको छ । टोली ७ पुरुष र २ महिला खेलाडीसहित १२ सदस्यीय रहेको छ ।

पुरुषको ४९ केजीमा विक्रम परियार, ५२ केजीमा प्रेम चौधरी, ५६ केजीमा पुरन राई, ६० केजीमा पूर्णबहादुर लामा, ६४ केजीमा भूपेन्द्र थापा, ६९ केजीमा दीपेश लामा तथा ७५ केजीमा उजरसिंह थापा रहेका छन् । महिलाको ५१ केजीमा मीनु गुरुङ र ६० केजीमा सरस्वती राना मगर छन् ।

टिम प्रशिक्षकमा ओम मास्के र हरिशबहादुर चन्द तथा व्यवस्थापकमा नेपाल बक्सिङ संघका कोषध्यक्ष किरणबहादुर श्रेष्ठ छन् ।

दुई साता लामो प्रशिक्षणपछि टोली बैंककबाटै एसियाडमा सहभागी हुन इन्चोन जाने कार्यक्रम छ । एसियाड असोज ३ गतेदेखि सुरु हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment