Comments Add Comment

साउदी अरेवीयाका राजदूत चौधरी ग्रुपमा

CG-Visit-Ambassador-of-Saudi-Arabia
साउदी राजदूत अब्दुलनसिर एच अल हारथील, चाैधरी ग्रुपका अध्यक्ष विनाेद चाैधरीसहित अन्य सहभागीहरू

१३ भदौ, काठमाडौं । नेपालका लागि साउदी अरेवीयाका राजदूत अब्दुलनसिर एच अल हारथीले शुक्रबार चौधरी ग्रुपको अवलोकन भ्रमण गरेका छन् । दूतावासका इकोनोमिक अफेयर्स म्यानेजर शाहिर अल्खानी पनि भ्रमण टोलीमा सहभागी थिए ।

राजदूत र इकोनोमिक अफेयर्स इन्चार्जलाई स्वागत गर्दै चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले नेपालमा कार्यान्वयनमा ल्याएको सिजी नेपाल सोसल विजनेशको उद्देश्यका बारेमा जानकारी गराए ।

‘सिजी नेपाल सोसल विजनेशका माध्यमद्वारा निकट भविष्यमा नेपालको वेरोजगारीको समस्यालाई प्रभावकारी रुपमा सम्बोधन गर्न सकिने मैले विश्वास लिएको छु’, अध्यक्ष चौधरीले भने- ‘नेपालका धेरै युवासँग श्रृजनशिल व्यवसायिक अवधारणा छन् । तर, पुँंजीको अभावमा उनीहरुले यस्ता अवधारणालाई कार्यान्वयन गर्न पाईरहेका छैनन् । सिजी नेपाल सोसल विजनेश यिनै समस्या समाधानका लागि कार्यान्वयनमा ल्याइएको हो ।’

अध्यक्ष चौधरीले आफ्नो ग्रुपले नेपालमा विस्तार गरिरहेको लगानीका क्षेत्रहरुका बारेमा पनि भ्रमण टोलिलाई जानकारी गराए । ग्रुप नेपालमा लगानी विस्तार गर्ने अग्रणी औद्योगिक घराना हो ।

सोही अवसरमा अध्यक्ष चौधरीले नेपालमा लगानी विस्तारका लागि साउदी अरेवीयाका लगानीकर्ताहरुलाई पनि राजदूतमार्फत आव्हान समेत गरे ।

नेपालमा कार्यान्वयनमा ल्याइएको सिजी नेपाल सोसल विजनेशको अवधारणाबाट आफु प्रभावित भएको राजदूत हारथीले भ्रमणको क्रममा बताए ।

CG-Visit-Ambassador-of-Saudi-Arabia-2
साउदी राजदूत अब्दुलनसिर एच अल हारथील र चाैधरी ग्रुपका अध्यक्ष विनाेद चाैधरी अापसमा कुराकानी गर्दै

उनले नेपाल र साउदी अरेवीयाका लगानीकर्ताहरुको साझेदारीका लागि आफुले पहल गर्ने आश्वासन समेत दिएका छन् ।

चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरीले ग्रुपका गतिविधिका बारेमा जानकारी दिँदै सामाजिक उत्तरदायित्वसहित आफ्नो ग्रुपले नेपालमा लगानी विस्तारका विभिन्न योजनाहरु कार्यान्वयन गरिरहेको जानकारी गराए ।

नेपालमा लगानी विस्तारका लागि नेपाल र साउदी अरेवीयाबीच द्विपक्षिय साझेदारी आवस्यक रहेको प्रबन्ध निर्देशक चौधरीको धारणा थियो ।

चौधरी ग्रुपका भाईस प्रेसिडेण्ट जीपी शाहले साउदी अरेवीयासहित मध्यपूर्वका अन्य देशका उपभोक्तामाझ नेपाली वाईवाई चाउचाउले ख्याती आर्जन गर्दै गईरहेको जानकारी गराए ।

चौधरी ग्रुपमा वित्तिय क्षेत्र हेर्ने महाप्रवन्धक आशिष शर्माले नेपालको रेमिट्यान्स बृद्धिमा साउदी अरेवियाको योगदान उच्च रहेको बताए ।

नेपालको कुल ग्राहस्थ उत्पादनमा रेमिटयान्सको योगदान करिब २५ प्रतिशत रहेकोमा उक्त योगदानमध्ये करिब ११ प्रतिशत योगदान साउदी अरेवीयाको रहेको जानकारी इकोनोमिक अफेयर्स म्यानेजर अल्खानीले दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment