Comments Add Comment

कतार एयरवेजद्धारा उत्कृष्ट ट्राभल एजेन्सी पुरस्कृत

Quater-Airways-Award-Distribution-3

१३ भदौ, काठमाण्डौ । कतार एयरवेजले आफ्ना सर्वोत्कृष्ट ट्राभल व्यापार साझेदारलाई सम्मान गरेको छ । कतार एयरवेज एजेन्ट अवार्ड अन्तरगत विभिन्न चार वटा ट्राभल एजेन्सी पुरस्कृत भएका हुन् ।

बिहीबार काठमाडौंमा आयोजित समारोहमा यति ट्राभल्स, एस एक्सप्रेस ट्राभल सर्भिस, प्रेसिडेन्ट ट्राभल एण्ड टुर्स र ओसो वल्र्ड ट्राभल नेपालले उत्कृष्ट ट्रेड पार्टनर अवार्ड प्राप्त गरेका हुन् ।

ओसो वल्र्ड ट्राभल नेपालले प्लाटिनम अवार्ड २०१३-२०१४ प्राप्त गरि सर्वोत्कृष्ट घोषित भएको छ । त्यस्तै, प्रेसिडेन्ट ट्राभल एण्ड टुर्सले गोल्ड अवार्ड, एस एक्सप्रेसले सिल्भर तथा यति ट्राभल्सले बरगन्डी अवार्ड प्राप्त गरेको कतार एयरवेजले जनाएको छ ।

उक्त अवार्ड वितरण समारोहमा विभिन्न विधामा १४ वटा प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।

समारोहमा नेपालका लागि कतारी राजदूत अहमद जसीम अल हमारका साथै नागरिक उड्ययन प्राधिकरण र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका अधिकारी लगायतको सहभागिता थियो ।

qatar-airways-award-program

Quater-Airways-Award-Distribution-2
Quater-Airways-Award-Distribution

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment