Comments Add Comment

७० औषधि निःशुल्क पाइने

medicine

१४ भदौ, काठमाडौं । सरकारले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन थप ३० किसिमका औषधि निःशुल्क उपलब्ध गराउने निर्णय गरेको छ । सरकारको यो निर्णयसँगै निःशुल्क औषधिको संख्या ७० पुगेको छ ।

चालू आर्थिक वर्षको बजेटमार्फत प्रस्ताव गरिएको थप निःशुल्क औषधि उपलब्ध गराउने निर्णय शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले स्वीकृति गरेको स्वास्थ्य तथा जनसंख्यामन्त्री खगराज अधिकारीले जानकारी दिएको राजधानी लगायतका विभिन्न दैनिक पत्रिकामा खबर छ । उनले जनलाई सर्वसुलभ स्वास्थ्य सेवा दिन र स्वास्थ्य उपचारलाई ग्रामीण तहसम्म सहज ढंगले पुर्‍याउने हिसावले निःशुल्क औषधिको संख्या थप गरेकेा बताए । हाल सरकारले ४० किसिमका औषधि निःशुल्क रुपमा उपलब्ध गराउँदै आएको छ ।

थप निःशुल्क औषधिमा अधिकांश नसर्ने रोगसम्बन्धी र लामो समयसम्म सेवन गर्नुपर्ने रहेका छन् । पहिल्लो समय मुख्य समस्यामा रुपमा देखिएको नसर्ने रोगलाई ग्रामीण तहबाटै उपचार पद्धति सुरु गर्न औषधिलाई सर्वसुलभ बनाउन सरकार लागिपरेको मन्त्री अधिकारीले बताए ।

सरकारले थप उपलब्ध गराउने निःशुल्क औषधिमा मानसिक, रोगसम्बन्धी, मधुमेह, लेक लागेका -हाई अल्टिच्युट) दुखाइ कम गर्ने, युरिक एसिड, उच्च रक्तचाप, मन्ददुखाइ, मुटुको समस्या, एन्टी फंगल, छालाको समस्याजस्ता नसर्ने रोगका औषधिदेखि लिएर विभिन्न प्रकारका एन्टिबायोटिक रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment