Comments Add Comment

अस्पताल तोडफोड र डाक्टरमाथि आक्रमण भए क्षतिपूर्ति पाउने

१४ भदौ, काठमाडौं । गल्तीविना नै तोडफोड तथा आक्रमणमा भएका अस्पताल एवं स्वास्थ्यकर्मीले क्षतिपूर्ति पाउने भएका छन् । पीडित स्वास्थ्यकर्मी तथा संस्थालाई राहत दिन भन्दै पाँच वर्षअघि तयार पारेको ऐन कार्यान्वयनमा ल्याउन लागिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार पारेको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा कोष ऐन, ०६६ र नियमावली ०६९ अनुसार स्थापित सुरक्षा कोषमार्फत पीडित पक्षले क्षतिपूर्ति पाउने भएका हुन् । तर, यसका लागि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाले वाषिर्क निश्चित रकम कोषमा जम्मा गर्नुपर्ने नयाँ पत्रिकामा खबर छ ।

कोष सचिवालयले स्वास्थ्यकर्मीको योग्यता र संस्थाको बेडअनुसार रकम बुझाउनुपर्ने जनाएको छ । कोष संञ्चालन निर्देशिकाले कोष दाबीका लागि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थालाई चार तहको शुल्कदर तोकेको छ ।

बिरामीको मृत्युपछि आफन्तले अस्पतालमा तोडफोड तथा चिकित्सकमाथि हातपात गर्ने गरेपछि प्रतिरक्षा गर्न कोष स्थापना गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयको चिकित्सा सेवा महाशाखा प्रमुख अध्यक्ष रहने कोष सञ्चालक समितिमा गृह मन्त्रालयका प्रतिनिधि, नेपाल चिकित्सक संघका अध्यक्ष, नेपाल स्वास्थ्य प्राविधिक संघका अध्यक्ष, आयुर्वेद चिकित्सक संघ, नेपाल नर्सिङ संघ, एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्िटच्युटका अध्यक्षहरु सदस्य रहने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment