Comments Add Comment

बाढीपहिरोमा परी ६ सयको मृत्यु, विगतको भन्दा दोब्बर क्षति

Dang Flood Damage house
१४ भदौ, काठमाडौ । तीन दशकको अनुपातमा बाढीपहिरोले यो वर्ष दोब्बर मानवीय क्षति पुर्याएको छ । ३० वर्षको तथ्याङ्क जोड्दा बर्षेनि नेपालमा बाढीपहिरोका कारण तीन सयजतिले मृत्युवरण गरेका छन् । यो तथ्याङ्क यस वर्ष ६ सय हाराहारीमा पुग्ने देखिन्छ ।

नुवाकोट बेल्कोटमा विहीवार रातिको पहिरोमा मृत्यु भएका एकै परिवारका तीन सदस्यको तथ्याङ्क जोड्दा वैशाखयता बाढीपहिरोमा ज्यान गुमाउनेको संख्या २ सय ५३ पुगेको नागरिक दैनिकमा खबर छ । यही अवधिमा बेपत्ताको संख्या २ सय ५१ छ । सिन्धुपाल्चोकको कान्ले पहिरोमा पुरिएका १ सय ३३ लाई बेपत्ताको सूचीमा राखेपनि सरकारले मृत्यु गणना गरी परिवारलाई राहत बाँडिसकेको छ । बेपत्ता सबैको मृत्यु भइसकेको आधारमा यो वर्ष साढे चारमहिना अवधिमा मानवीय क्षतिको अंकले ५ सय नाघेको छ । मनसुन फर्किएको छैन, बाढीपहिरोमा बेपत्ता भएका सवैको तथ्याङ्क आउन बाँकी नै छ । अर्थात तथ्याङ्क अझै उकालो चढ्ने देखिन्छ ।

विभिन्न अध्ययन अनुसार हरेकपल प्रत्येक नेपाली एकैपटक बाढी, पहिरो, भुूकम्प हिमपहिरो, हिमताल विस्फोट, चट्याङ्, चिसो हावा (शीतलहर), महामारी लगायत प्रकोपको सामना एकैचोटी गरिरहेका छन् । प्रकोप जोखिमका हिसाबले विश्वमा नेपाल २० औं स्थानमा छ । बाढीपहिरोको जोखिमले ३० औं र भूकम्पीय जोखिमले ११ औं स्थान ओगट्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment