Comments Add Comment

पहिरोको अध्ययन गर्न केन्द्र खोलिँदै

Sunkoshi Disaster (35)

१४ भदौ, काठमाडौ । सरकारले राष्ट्रपति चुरे तराई-मधेस संरक्षण विकास समितिमा सुनितासिंह ठकुरी, विजयकुमार सिंह दनुवार, फुर्बा तामाङ् र नागेन्द्रप्रसाद यादवलाई सदस्य पदमा नियुक्त गर्ने निर्णय गरेको छ ।

असार २ मा गठित समितिलाई शुक्रवार मन्त्रीपरिषद वैठकले पूर्णता दिएको हो । समितिलाई चुरे संरक्षण गुरुयोजना, रणनीति र नीति-कार्यक्रम निर्माण, उपल्लो र तल्लो तटीय क्षेत्रको संरक्षण, ब्यवस्थापनलगायत जिम्मेवारी दिइएको नागरिक दैनिकले खबर छापेको छ ।

यही बेला समितिले चुरे क्षेत्रका जोखिमयुक्त र अति संवेदनशील क्षेत्र पहिचान गरी संरक्षण योजना तर्जुमा गर्न ‘पहिरो अनुसन्धान तथा प्रविधि विकास केन्द्र’ स्थापना गर्ने अवधारणा अघि सारेको छ ।

शुक्रवार राजधानीमा आयोजित कार्यक्रममा केन्द्र स्थापनाका लागि भूगर्भविद, पहिरोविज्ञ तथा सरोकारवालाबीच अवधारणापत्र प्रस्तुत गरेको हो । समितिका अध्यक्ष एवम् अर्थविद् रामेश्वर खनालले पहिरो चुरेको प्रमुख समस्या रहेकोले यसको अनुसन्धानका लागि केन्द्र स्थापना तयारी गरिएको जानकारी दिए । ‘चुरेको पहिरो अनुसन्धानबाट आएको निश्कर्ष र त्यसअनुकूल विकास गरिएको प्रविधि तत्काल स्थानीय तहमा प्रयोग गरिनेछ,’ खनालले भने, ‘अहिले चुरेमा अथाह पहिरो छन्,त्यसको रोकथाम गर्न सबै भन्दा पहिले अध्ययन हुनु जरुरी छ ।’

केन्द्रको आवश्यकता औल्याउँदै खनालले पहिरो र भूक्षयबाट आउने ढुंगागिट्टी, बालुवा, माटो लगायत स्रोतका कारण उर्वरा जमिन वर्षेनि विनास भइरहेको, नदीको सतह फराकिलो हुँदै गएको र डुबानको समस्या भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment