Comments Add Comment

असोज १ गते राष्ट्रिय विज्ञान दिवस मनाइने

१४ भदौ, काठमाडौं । विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयले आगामी असोज १ गते विभिन्न कार्यक्रमका साथ राष्ट्रिय विज्ञान दिवस मनाउने तयारी गरेको छ ।
मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरी गत वर्षबाट मनाउन थालिएको यो दिवसको यसपालिको नारा ‘विज्ञान, प्रविधि र आविष्कारः दिगोे विकासको आधार’ भन्ने तय गरेको छ ।
मन्त्रालयका प्रवक्ता रामआधार शाहका अनुसार दोस्रो राष्ट्रिय विज्ञान दिवसका अवसरमा मन्त्रालय अन्तर्गतका वीपी कोइराला प्लानेटेरियम, अब्ज्ारभेटरी एवम् विज्ञान सङ्ग्रहालय विकास समितिद्वारा नवनिर्मित राष्ट्रिय विज्ञान सङ्ग्रहालय भवनको उद्घाटन गरिने छ ।
उक्त दिवसका लागि मन्त्रालयका सचिवको संयोजकत्वमा विभिन्न सङ्घसंस्थाको प्रतिनिधित्व हुने गरी ६६ सदस्यीय मूल समारोह समिति र विभिन्न छ वटा उपसमिति गठन गरिएको छ ।
उक्त अवसरमा विज्ञान सङ्ग्रहालय भवन र विज्ञान प्रदर्शनीसमेतको उद्घाटन गर्ने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment