Comments Add Comment

पत्रकार सम्मेलनमा रोए अमिर खान

amir-khan
मुम्बई । अभिनेता अमिर खान फेरि टेलिभिजन कार्यक्रम ‘सत्यमेव जयते’ लिएर आउँदैछन् । तेस्रो संस्करणको कार्यक्रम पुनः प्रशारण हुन लागेको जानकारी दिंदै अमिरले २१ सेप्टेम्बरदेखि कार्यक्रम प्रशारण हुने जानकारी दिए । कार्यक्रमवारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उपस्थित अमिर खान कार्यक्रममै भावुक हुँदै रोएका थिए । कतिपय गम्भिर घटना र त्यो घटनासंग भेटिएको पात्रहरुले आफुलाई भाव विहृवल बनाएको उनको भनाई थियो ।

बलात्कारको घटनाले भावुक बनायो

रिसर्चको क्रममा धेरै घटनाक्रम भोगेको बताउने अमिरले कतिपय घटना आफुले प्रशारण गर्न नसक्ने बताए । ‘कतिपय घटना मैले अनुभव गरें तर, म तपाईहरुलाई देखाउन सक्दिन ।’ उनले भने ।

‘एक बलात्कार पीडितमाथि रिसर्च गर्दै जाँदा एउटा युवतिको यस्तो केश आयो । बलात्कारपछि आगो लगाईएकी युवतिले मृत्यु हुनु केही अघि मात्रै दिएको बयान सुनेर म थरर कामें । तर, म त्यो घटना तपाईहरुलाई देखाउन सक्दिन ।’ घटनाहरु वारे जानकारी दिँदै अमिरले भने ।

‘सत्यमेव जयते’ पछिल्लो समय प्रशारण भएको टेलिभिजन कार्यक्रम मध्ये सबै भन्दा चर्चित थियो । यो कार्यक्रम मार्फत नैै भारतको घरानिया परिवारमा हुने महिला हिंसाका घटना सार्वजनिक भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment