Comments Add Comment

बञ्चरो प्रहार गरी श्रीमतीको हत्या

१४ भदौ, बागलुङ । बागलुङमा एक व्यक्तिले बञ्चरो प्रहार गरी श्रीमतिको हत्या गरेका छन् । बोवाङ गाबिस ८ का छविलाल बिकले ३३ वर्षकी श्रीमति निमु बिकको बञ्चरो प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
मदिरा सेवन गरी आएका छबिलालले श्रीमती निमुसँग झगडा गरी रिसको झोकमा बञ्चरोले टाउको तथा शरिरका अन्य भागमा हानेका थिए । निमुको घटनास्थलमै मृत्यु भएको थियो ।
हत्या गरी फरार रहेको छविलाललाई ढोरपाटन प्रहरी चौकीबाट गएको टोलीले प्रकाउ गरी अनुसन्धान सुरु गरेको छ ।
अभियुक्त बिकसहित हत्यामा प्रयोग गरिएको बञ्चरो समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

भीरबाट लडेर बृद्धको मृत्यु
यसैबीच पर्वतको कुश्मा नगरपालिकास्थित खरेहाको भीरमा घाँस काट्नका गएका एक वृद्धको लडेर मृत्यु भएको छ । कुनपा ११ खरेहा निवासी ६३ वर्षका टीकाराम पौडेलको शुक्रबार दिउँसो घाँस काट्ने क्रममा भीरबाट लडेर ज्यान गएको हो ।
पौडेलले मोदीखोला किनारको खरेहा भीरमा घाँस काट्ने क्रममा दिउँसो साढे ३ बजे लडेपछि घटनास्थलमा नै मृत्यु भएको थियो । मृतकको शव पोष्टमार्टम गर्न जिल्ला अस्पताल कुश्मामा लगिएको छ ।

रोशन तिवारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment