Comments Add Comment

बेपत्ता पारिएकाको सम्झनामा प्रभातफेरी

bepatta

१४ भदौ, काठमाडौं । बेपत्ता पारिएको अन्तर्राष्ट्रिय दिवस २०१४ को सन्दर्भमा आज प्रभावफेरी निकालिएको छ ।

शान्तिका लागि साझा अभियान (कोक्याप) र इन्सेकलगायत मानवअधिकारको क्षेत्रका कार्यरत सङ्घसंस्थाको आयोजनामा प्रभातफेरी निकालिएको हो ।
प्रभातफेरी प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपबाट सुरु भएर पुतलीसडक, बागबजार हुँदै शान्ति बाटिकामा पुगेर कोणसभामा परिणत भएको थियो ।
प्रभातफेरीमा सहभागीहरुले बेपत्ता पारिएको व्यक्ति छानबिनसम्बन्धी आयोग तुरुन्त गठन गर, मानवअधिकारको रक्षा गर, बलपूर्वक बेपत्ता पारिएको व्यक्तिहरूको संरक्षणसम्बन्धी महासन्धि तुरुन्त अनुमोदन गर र खै हाम्रा दाजुभाइजस्ता लेखिएका प्ले कार्ड बोकेका थिए ।

सो अवसरमा मानवअधिकारकर्मी भवानी खरेलले सत्य, न्याय र परिपूरणसहितको कानुनी प्रावधान हुनुपर्नेमा जोड दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment