Comments Add Comment

चट्याङ लागेर बालकको मृत्यु

१४ भदौ, उदयपुर । चट्याङले लागेर उदयपुरमा एक बालकको मृत्यु भएको छ ।

टारी नगरपालिका-१० का अमरबहादुर गुरुङका पाँच वर्षका छोरा धनराजको मृत्यु भएको हो । आफ्नो घरमा खेलिरहेका बेला शुक्रबार साँझ धनराजलाई चट्याङले लागेको थियो ।

गम्भीर घाइते भएका उनको उपचारका लागि लैजाँदै गर्दा बाटामा नै मृत्यु भएको पूर्वाञ्चल क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment