Comments Add Comment

 छायाँमा परेको नुवाकोटको सौन्दर्य (फोटो फिचर)

nuwakot-2

शब्द/तस्वीर : भरतबन्धु थापा
नुवाकोट नेपाल एकीकरणको इतिहाससँग सामरिक हिसाबले जोडिएको जिल्ला हो । ऐतिहासिक रुपले निकै महत्वपूर्ण मानिने नुवाकोट राजधानीसँगै जोडिएको जिल्ला भएता पनि अझैसम्म छायाँमा पर्दै आएको छ ।
राजधानी बाट नजिकै भएर पनि यसको उचित संरक्षण तथा प्रर्वधन गर्न नसक्दा नुवाकोटको पर्यटकीय विकास हुन सकेको छैन । कुनै समय काठमाण्डौभन्दा शक्तिशाली भएर चिनिएको नुवाकोट अहिले सुनसान छ । नुवाकोट दरबार तथा त्यहाँ रहेका ऐतिहासिक वस्तु र मन्दिरहरु उचित संरक्षणको अभावमा छन् ।nuwakot--650
पृथ्वीनारायण शाहले काठमाण्डौ उपत्यका विजय गर्नुअघि निकै शक्तिशाली राज्यका रुपले चिनिएको नुवाकोट इतिहासका विद्यार्थीहरुको खुल्ला संग्रहालय हो ।
नुवाकोट दरबार परिसरमा धार्मिक हिसावले महत्वपूर्ण मानिने भैरवी मन्दिर र तलेजु मन्दिर छन् । ती मन्दिरहरुमा गोरखाको मनकामनामा जसरी पर्यटक र भत्तजन तान्न सकिएको छैन । नुवाकोट धार्मिक एवं इतिहासमा रुचि राख्नेहरुको गन्तव्य स्थल बन्न सक्छ ।
यतिबेला नुवाकोट जाँदा बाटामा पाइने रेन्बो माछाको स्वाद चाख्न पाइन्छ । पासाङ ल्हामु राजमार्ग ट्राउट माछा पाइने भएकाले यसलाई ‘ट्राउट हाइवे’ समेत भन्न थालिएको छ ।
राजधानीबाट विदाको समयमा माछा खान तथा घुम्न जानेहरुको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । तर, यसरी घुम्न जानेहरु नुवाकोट सदरमुकामसम्म कमै पुग्ने गरेका छन् । नुवाकोटको ककनी पुगेर र्फकनेहरु बढी पाइन्छन् ।
त्यहाँ गएकाहरुलाई नुवाकोट सदरमुकामसम्मै पुर्‍याउन सक्ने हो भने त्यहाँको आर्थिक स्तर विकास गर्न मात्र नभई जिल्लाका पर्यटकीय सम्भावनाहरुको प्रचार-प्रसारमा फाइदा पुग्न सक्छ ।
वर्षैपिच्छे गोरुजुधाइ प्रतियोगिता हुने तारुका देखि काठमाडौंबासीको पिकनिक स्पट ककनीले नुवाकोटको पर्यटन व्यवसायमा राम्रो भूमिका खेल्दै आएका छन् ।

nuwakot

nuwakot-1

nuwakot-4

nuwakot-5

nuwakot-7

nuwakot-8

nuwakot-9

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment