Comments Add Comment

झ्यालबाट पसेर बलात्कार गर्न खोज्ने सैनिकलाई गाउँलेले समाए

१४ भदौ, काठमाडौं । नवलपरासीको हात्तीखोरमा स्थानीय महिलाको घरमा पसेर दुव्र्यवहार गर्न खोजेको भन्दै एक सैनिकलाई स्थानीयले पक्रेर प्रहरीको जिम्मा लगाएका छन् ।

नवलपरासीको हात्तीखोरमा रहेको वन तथा सुरक्षा पर्यावरणीय निर्देशनालयका नायक पुरुषोत्तम श्रेष्ठलाई पक्राउ गरी स्थानीय नागरिकले प्रहरीलाई जिम्मा लगाएका हुन् । श्रेष्ठलाई इलाका प्रहरी कार्यालय वलपुरमा बुझाइएको छ ।

यसैबीच स्थानीय बासिन्दाले सेनाका जवान श्रेष्ठलाई कारवाहीको माग राख्दै प्रहरी कार्यालय अगाडि प्रदर्शनसमेत गरेका छन् । स्थानीय बासिन्दाका अनुसार राति तीनजना सेनाले एक महिलालाई बलात्कारको प्रयास गरेका थिए । तीमध्ये दुईजना फरार छन् ।

पक्राउ परेका श्रेष्ठलाई सेनाकै जिम्मा लगाउने प्रहरीले जनाएको छ । उनीहरु तीनैजना ड्यूटीमा नरहेको र तीनैजनाले मादक पदार्थ सेवन गरी मातेको सुरमा महिलाको घरमा प्रवेश गरेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment