Comments Add Comment

गोरखामा बस दुर्घटना, चारको मृत्यु

१४ भदौ, गोरखा । जिल्लाको खान्चोकमा भएको बस दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा ३७ जना घाइते भएका छन् ।

आरुघाटबाट सदरमुकाम जाँदै गरेको ना ४ ख १३९५ नम्बरको बस दुर्घटना भएको हो । दुर्घटनामा मृत्यु हुनेमा आरुघाटका ऐश्वर्या श्रेष्ठ, उनकी ६ वर्षकी छोरी योजना, तामाङ ३ का झरना सुर्खेती र गुम्दा ९ का सरिता गुरुङ रहेका छन् ।

दुर्घटनामा घाइते भएका मध्ये गम्भीर अवस्थामा रहेका १२ जनालाईर् हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ ।

अन्यको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । शैयाको अभावमा उनीहरुलाई आगनमा राखेर उपचार गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment