Comments Add Comment

ओलीले गरेको सभासद सिफारिसमा सचिव भट्टराईले प्रश्न उठाए

१४ भदौ, काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले सभासद मनोनयनबारे प्रश्न उठाउँदै पार्टी कार्यालयमा ध्यानाकर्षण पत्र दर्ता गराएका छन् ।

yogeshपार्टीमा छलफल नै नगरी आठ सभासदको नाम पठाएको भन्दै भट्टराईले अध्यक्ष केपी ओलीबाट अलोकतान्त्रिक, अपारदर्शी तथा छलकपटपूर्ण कार्य भएको बताएका छन् । भट्टराईले अध्यक्षलाई सम्बोधन गर्दै दर्ता गराएको पत्र कार्यवाहक अध्यक्ष बामदेव गौतम र महासचिव इश्वर पोखरेललाई बोदार्थ दिइएको छ ।

केन्द्रीय पदाधिकारी बैठकमा भएको छलफल अनुसार आफूले इमेलबाट केही नाम पठाएको तर, पदाधिकारीको बठक नै बसरी र अघिल्लो बैठकले दिएको जिम्मेवारीलाई प्रकृयागत रुपमा पुरा नगरी पार्टीको भागमा परेको ८ सिटमा नाम गएको भन्दै उनले भनेका छन्- एमालेका तर्फवाट आठ जनाको नाम प्रस्तुत भएको कुरा संचारमाध्यमबाट थाहा पाउनुपर्दा म आफैं लज्जित भएको छु ।’

एमाले सचिव भट्टराईले ध्यानाकर्षण पत्रमा संसदीय समितिको सभापतिबारे समेत पार्टीमा छलफल नभएको भन्दै असन्तुष्टि जनाएका छन् ।

पार्टी र संसदीय दलमा छलफल नगरेको र अध्यक्ष जस्तै प्रकृयावाट निर्वाचित भएको आफूले सार्वजनिक माध्यमबाट थाहा पाउनु परेको भन्दै उनले यसले लामो राजनीतिक जीवन र संघर्षको इतिहास बोक्नुभएका र स्वयं लोकतान्त्रिक आन्दोलनको योद्धा तपाँई अध्यक्षलाई जीवनको उत्तरार्धमा कस्तो सार्वजनिक परिचयप्राप्त होला ? भनि प्रश्न गरेका छन् ।

सुकुम्बासी आयोगमा एकलौटी

एमाले सचिव भट्टराईले भूमिसुधार मन्त्रालयले ७२ जिल्लामा सुकुम्वासी समास्या समाधान समिति बनाउँदा एकलौटी गरेको आरोप लगाएका छन् ।

ओलीले कसैलाई काखापाखा नगर्ने भनेको भएपनि मा पार्टी महाधिवेशनको वेलामा देखिएको समूहगत मान्यतालाई एकपक्षिय ढङ्गले प्रोत्साहित गर्ने काम भएको भट्टराईको आरोप छ ।

अध्यक्ष बनेपछि ओलीले गरेका प्रतिवद्धताहरु स्मरण गराउँदै भट्टराईले ध्यानाकर्षण पत्रमा लेखेका छन् -‘यो कदमहरुबाट कमरेडका भावुक अभिव्यक्तिहरु फगत माया जालमात्र त होईनन् ? आज म र मजस्ता पार्टीका हितचिन्तकहरुको मनमा जबरजस्त रुपमा प्रश्न उठ्न पुगेको छ ।’

एमाले सचिव भट्टराईले ओलीका पछिल्ला कमद संविधान निर्माण, स्थानीय चुनावमा बहुमत हासिल गर्ने पार्टी योजनामा बाधक हुन सक्ने भन्दै प्रकृयागत कमजोरीलाई सच्याउन तुरुन्तै औपचारिक तथा संस्थागत कदम चाल्न आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment