Comments Add Comment

पोखरामा क्रिकेट मैदान बनाउन अध्ययन सुरु

Purusotam-paudel-in-pokhara
क्रिकेट मैदानका लागि सम्भावित मैदानको निरीक्षण गर्दै खेलुकदमन्त्री । तस्वीरः सुदर्शन रन्जित/अनलाइनखबर

१४ भदौ, पोखरा । पोखरामा अन्तराष्ट्रिय क्रिकेट मैदान निर्माणका लागि सरकारले प्रारम्भीक चरणको अध्ययन सुरु गरेको छ ।

अन्तराष्ट्रिय क्रिकेट मैदान निर्माणका लागि सहयोग गर्ने भारतीय प्रतिबद्धतापछि खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले शनिबार पोखरा रगंशालाभित्र रहेको क्रिकेट मैदानको निरीक्षण गरेका छन् ।

काठमाडौस्थित मुलपानीमा अन्तराष्ट्रिय क्रिकेट मैदान सरकारी लगानीमा बन्ने भएपछि पोखरामा भारतीय सहयोगमा अन्तराष्ट्रिय मैदान निर्माण गर्न निरीक्षणमा आएको उनले बताए । ‘पोखरामा लगानी गर्न सकरात्मक छन, रंशालाभित्रको जग्गा नमिले लगानी गुम्न सक्छ’ मन्त्री पौडेलले भने ।

भारतलाई पोखरा ल्याउनका लागि जग्गा चाहिएको भन्दै उनले त्यसबारे अध्ययन सुरु गरिएको बताए । उनले भने-‘आवश्यक जग्गाभएमा यसै वर्ष डिजाइन गरी अर्को वर्ष निर्माण कार्य सुरु गरिने छ ।’

खेलकुद मन्त्री पौडेलले अन्तराष्ट्रिय मैदान निर्माणका लागि जग्गा पुग्छ पुग्दैन एक साताभित्र अध्ययन गरी प्रक्रिया अगाडि बढाइने बताए । उनले एक साताभित्र मैदानको बारेमा नापजाँच गरेर जानकारी गराउन क्रिकेट संघ कास्कीलाई आग्रह समेत गरेका छन् ।

यसैबीच खेलुकदमन्त्री पौडेलले पोखराका सहारा क्लबले संचालन गरेको सहारा एकेडेमीको समेत अवलोकन गरेका छन् । पोखरा १७ दोविल्लामा निर्माण गरेको सहारा एकेडेमीको निरिक्षणपछि उनले केही सहयोगको सुरुवात गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।

सहारा क्लबका अध्यक्ष विरभद्र आर्चायले एकेडेमी संचालनका लागि आर्थिक समस्या रहेको र सरकारी सहयोग नपाएको गुनासो गरेका थिए । एकेडेमीमा हाल १२ जिल्लाका २२ जना बालक छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment