Comments Add Comment

थापाको संयोजकत्वमा फुटबल प्रशिक्षक संघ गठन

१४ भदौ, पोखरा । नेपाली राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक कृष्ण थापाको संयोजकत्वमा नेपाल फुटबल प्रशिक्षक संघ गठन भएको छ ।

प्रशिक्षकहरुको शनिबार भएको भेलाले बनाएको संघको सहसंयोजकमा छिरिङ लोप्साङ र सचिवमा चेतनारायण श्रेष्ठ रहेका छन् । हरिओम श्रेष्ठ, मघु कार्की, अर्जुन लामा लगायतका प्रशिक्षक सदस्य छन् । समितिले प्रशिक्षकहरुको हक हितका लागि पहल गर्ने बताइएको छ ।

थापा पछिल्लो पटक एन्फा अध्यक्ष गणेश थापासँग असन्तुष्ट छन् र एन्फाविरुद्ध आन्दोलनरत क्लबहरुको समन्वय समितिमा आवद्ध छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment