Comments Add Comment

डि मारिया म्यानचेष्टर युनाइटेडलाई जिताउन असफल

Di-maria

१४ भदौ, काठमाडौं । एन्जल डि मारिया म्यानचेष्टर युनाइटेडलाई प्रिमियर लिगमा सिजनको पहिलो जित दिलाउन असफल भएका छन् ।

शनिबार म्यानचेष्टर युनाइटेडले बार्नलीविरुद्ध खेल्दा रियल मडि्रडबाट कीर्तिमानी ५९.७ मिलियन पाउण्डमा वल्र्ड ट्रार्फड आएका डि मारियाले डेब्यू गरेका थिए । तर, खेल गोलरहित बराबरीमा सकिएको छ ।

म्यानचेष्टर युनाइटेडका राविन भानपर्सीले दुई पटक गोल गर्ने मौका खेल फाले भने बार्नलीका डेभिड जोन्सको प्रहार बारमा लागेको थियो ।

डि मारियाले ७२ औं मिनेटमा चोटका कारण मैदान छाडेका थिए । बराबरीपछि बार्नलीले पि्रमियर लिगमा अंकको खाता खोलेको छ ।

प्रशिक्षक लुइस भान हालले क्लब सम्होलेपछि म्यानचेष्टर युनाइटेडले यो सिजन प्रिमियर लिगमा तीन खेल खेलेको छ तर, जित हात पार्न सकेको छैन ।

पहिलो खेलमा स्वान्सीसँग २-१ को हार व्यहोरेको युनाइटेडले सण्डरल्याण्डसँग १-१ को बराबरी खेल्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment