Comments Add Comment

गर्भपतन गराउन १९ हजार !

१५ भदौ, काठमाडौं । दुई सन्तानमा चित्त बुझाएका इलामका एक दम्पतीलाई अर्को सन्तानको रहर थिएन । तर, भइदियो उल्टो ! नचाहँदा-नचाहँदै गर्भ रहेपछि पतिपत्नीबीच सहमति भयो-सुरक्षित गर्भपतन गराउने । त्यसनिम्ति उनीहरुले भरपर्दो ठाउँ रोजे, इलाम अस्पताल । जहाँ उनीहरु दुई महिनामा लगातार चारपल्ट धाउनुपर्‍यो । त्यसबीच उनीहरुले झेलेको आर्थिक र मानसिक पीडा अत्यासलाग्दोृ छ।

अस्पतालको मातृशिशु स्वास्थ्य क्लिपनकमा एक हजार रुपैयाँ तिरेपछि गर्भपतन गरिन्छ । त्यो दम्पती पनि सस्तोमा भरपर्दो सेवा लिन जेठमा क्लिनिकमा पुग्यो, जहाँ सरकारी नर्सको ड्युटी हुन्छ । दुई महिनाको गर्भ बोकेकी महिलालाई स्वास्थ्य परीक्षण गर्नासाथै नर्सले भनिदिए, ‘बच्चा ठूलो छ, पैसा धेरै लाग्छ,’-नागरिक दैनिकमा खबर छ ।

गर्भपतनको निष्कर्षमा पुगेका दम्पतीले बढ्दो बच्चा पेटमा राखेर घर फर्किने सोचेनन् । सरकारी नर्सको सल्लाहबमोजिम उनीहरुले तोकेकै रकम बुझाए । नर्सहरुले ‘एक हजार इन्ट्री फी’ र ‘१८ हजार औषधि’को भनेर १९ हजार रुपैयाँ बुझे । गर्भपतन गराउने औषधि ‘दार्जिलिङबाट ल्याएकाले महँगो पर्ने,’ नर्सको भनाई थियो । समस्यामा परेका दम्पतीले ऋण काढेर पैसा बुझाए । औषधि लिएर फर्के ।

नर्सहरुले दिएको औषधि लिएर फर्केका उनीहरुको निर्धारित समय भित्र काम भएन, फेरि उनीहरु अस्पताल गए । उनीहरुलाई देखेपछि नर्सहरु झस्किएर र फेरि औषधि थमाएर फर्काए । चार पटक अस्पताल जाँदा पनि उनीहरुको सही उपचार नभएपछि उनीहरुलाई अस्पताल वाडमा सारियो र डा. प्रभु शाहको प्रयासमा उनीहरुको गर्भपतन भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment