Comments Add Comment

पश्चिम बंगालका बासिन्दा भन्छन्-जंगली हात्तीलाई वन्यजन्तु हैन, वन्यबन्धु भन्नुपर्छ

elephent
१५ भदौ, जल्दापाडा (भारत) । पश्चिमबंगालका हात्ती प्रभावित क्षेत्रका बासिन्दाले जंगली हात्तीलाई वन्यजन्तु नभनेर वन्यबन्धुको संज्ञा दिन थालेका छन् । पर्यटनको सम्भावना नभएका ती क्षेत्रका बासिन्दाले जंगली हात्तीबाटै मनग्गे आम्दानी गर्न थालेपछि हात्तीलाई वन्यबन्धुको उपनाम दिन थालेका हुन् ।

पश्चिममा नेपाल भारतको सीमा क्षेत्र बाहुनडाँगी र पूर्वमा भारत भुटान सीमा क्षेत्रलाई हात्ती हिड्ने प्रमुख बाटोका रुपमा लिइन्छ । निकै अघिदेखि नै त्यस क्षेत्रमा हात्तीको बसोबास रहने गरेको जानकारहरु बताउँछन् । त्यस क्षेत्रमा अहिले सहरीकरण बढेका कारण हात्ती बचाउने र हात्तीबाट मानिसले कसरी फाइदा लिन सक्छ भन्ने विषयमा विभिन्न अध्यास गर्न थालिएको अन्नपूर्ण पोस्टमा खबर छ ।

हात्ती प्रभावित क्षेत्रमा ग्रामीण पर्यटनलाई कसरी विकास गर्न सकिन्छ भनेर एसोसिएसन फर कन्जरभेसन एन्ड टुरिजम -एक्ट)ले विभिन्न क्रियाकलाप गर्दै आएको संस्थाका अभियन्ता राज वासुले बताए । उनका अनुसार अबको समयमा हात्तीसँग मासिले शत्रुको व्यवहार नगरी मित्रवत् व्यवहार गरी हात्तीकै माध्यमबाट पर्यटनको विकास गर्नुपर्छ । वासुले भने, ‘हात्तीसँग दुश्मनी राखेर फाइदा कसलाई हुन्छ ? न हात्तीलाई हुन्छ, न मान्छेलाई । मानिसले विके पुर्‍याएर हात्तीको माध्यमबाट पर्यटनको विकास गर्न जरुरी छ ।’

स्थानीयबासीले हात्तीसँग मित्रवत व्यवहार गर्न थालेपछि हात्तीको क्षति कम भएको र हात्तीले बालीनाली खाए पनि हात्ती हेर्न आउने पर्यटकहरुको संख्या बढिरहेकाले आम्दानी बढेको जल्दापाडा जंगल रिर्सोटका सञ्चालक विश्वदीप शाहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment