Comments Add Comment

सभामुखले संवैधानिक समितिका सभापतिसँग छलफल गर्दै

१५ भदौ, काठमाडौं । संविधानसभाका अध्यक्ष सुभास नेम्बाङले संविधानसभामा रहेका संवैधानिक समितिका सभापतिहरुसँग आइतबार छलफल गर्दैछन् ।

संविधानसभाले पारित गरेको कार्यतालिका अनुसार संविधान निर्माणकाsubash nembang क्रममा भएका विवादित विषयमा सहमति जुटाउने समयसीमा सकिन ६ दिनमात्र बाँकी रहेका बेला अध्यक्ष नेम्बाङले सबै समितिका सभापतिहरुलाई छलफलका लागि बोलाएका हुन् ।

छलफलमा सहभागीताका लागि प्रमुख दलका सचेतक र सचिवहरुलाई पनि बोलाइएको छ । छलफलका क्रममा कार्यतालिका अनुसार समितिहरुले अहिलेसम्म गरेका काम, समयमै काम सम्पन्न गर्न चाल्नुपर्ने कदम लगायतका विषयमा कुराकानी हुनेछ ।

भदौ २१ गते भित्र संविधान निर्माणका अन्तर्वस्तुमा सहमति जुटाइसक्नु पर्ने कार्यतालिका भएपनि दलहरुको आ-आफ्नै अडानका कारण सहमति जुट्न सकेको छैन् । दलहरुबीच सहमति बन्न नसक्दा निर्धारित समयमै सहमति जुटाउनसक्ने विषयमा आशंका उब्जिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment