Comments Add Comment

सकुशल सुतेका रत्न बिहान मृत फेला

रामचन्द्र नेपाल
१५ भदौ, तेलोइन्तान (मलेसिया) । मलेसियामा एक नेपालीको मृत्यु भएको छ । बेलुका खाना खाएर सुतेका बाँकेका रत्नबहादुर सुनारलाई आज बिहान साथीहरुले मृत अवस्थामा फेला पारेका थिए ।
बाँकेको नोवस्ता २ मकंवार घर भएका ३२ वर्षका सुनार मलेसियाको हाई युनियन इन्जिनियरिङ कम्पनीमा कार्यरत थिए । उनी रोजगारीका लागि एक वर्षअघिमात्र मलेसिया पुगेका हुन् ।
शनिवार राति खाना खाएर सकुशल सुतेका रत्नलाई बिहान मृत भेटाएको र शवको पोस्टमार्टमका लागि स्थानीय तेलोइन्तान अस्पतालमा राखिएको रत्नका साथी गोरख बोहराले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment