Comments Add Comment

आमा गर्भवती भएपछि छोराले यसरी पोखे रिस (भिडियो सहित)

तिम्रो भाइबहिनी मेरो पेटमा छ भनेर कुनै आमाले आफ्नो सानो छोराछोरीलाई सुनायो भने ती बच्चाबच्चीको प्रतिक्रिया कस्तो होला ? सायद उनीहरु खुसीले फुरुंग हुन्छन् र आमाको गर्भे पेट सुम्सुम्याउाछन् ।
तर अमेरिकाका एक बालकले भने आमा गर्भवती भएको थाहा पाएपछि अनौठो प्रतिक्रिया दिएका छन् ।

bebyवासिंटनकी शेनी गिब्सन हार्टले आफु गर्भवती भएको कुरा आफ्ना दुइ बच्चालाई सुनाएर उनीहरुको प्रतिक्रिया रेकर्ड गर्ने इच्छा राखिन् ।
सोही बमोजिम उनले दुइ बच्चालाई कारको पछिल्लो सिटमा राखेर आफुले कार हााकिन् । कार केही अगाडि बढेपछि उनले सुनाइन् ‘म गर्भवती छु ।’

आमाको यस्तो कुरा सुनेपछि कान्छो छोराले खासै प्रतिक्रिया जनाएनन् । तर जेठो छोराको प्रतिक्रिया तथा आक्रोस सााच्चीकै उल्लेखनीय थियो । ट्रे नामका ती बालकले आमाको कुरा सुन्ने बित्तिकै आाखा बन्द गरे र चिच्याउन थाले ,’तिमीले के सोाचिरहेकी छौा ? तिम्रा दुइ सन्तान हुादाहुादै किन अर्को पाउनुपर्यो ? यो त अरुलाई रिस उठाएर आफु दंग पर्ने काम भयो ।’

छोरो रिसाएपछि आमाले उनलाई सम्झाउादै भनिन्, ‘छोरा हामीले तिमीलाई कहिल्यैपनि विस्थापित गर्नेछैनौा । तिमीले केवल अर्को भाइ वा बहिनी पाउनेछौा जसलाई तिमीले हेरचाह गर्न सहयोग गर्नुपर्नेछ ।’
तर आमाले यसो भन्दा पनि छोरोको चित्त बुझेन । उनले भने, ‘तिमीले किन अर्को बच्चा पाउन चाह्यौ । यदि धेरै भयो भने एउटालाई विस्थापित गर । यसको कुनै अर्थ छैन ।’

त्यसपछि उनले बच्चा चिच्याएर आफ्नो कान खायो भन्दै कानमा कोचार्ने कपास मागे ।
आफु गर्भवती भएपछि छोराले पोखेको रिसको भिडियो रकेर्ड गरेकी थिइन् ती आमाले । उनले त्यो भिडियो इन्टरनेटमा अपलोड गरिन् । अहिले त्यो भिडियो निकै भाइरल बनेको छ ।

भिडियो हेर्नुहोेस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment