Comments Add Comment

निर्जीवन बीमा कम्पनीहरुको कस्तो प्रफर्मेन्स ?

१५ भदौ काठमाडौं । सञ्चालनमा रहेका १६ निर्जीबन बीमा कम्पनीमध्ये ९ वटाले मात्रै आर्थिक वर्ष २०७०/०७१ को वित्तीय विवरण सार्वजानिक गरेका छन् ।

एभरेष्ट, एनबी, नेपाल, बीमा संस्थान, प्रुडेन्सियल, नेसनल र ओरियन्टलले वित्तीय विवरण सार्वजानिक गरेका छैनन । यस्तो छ वित्तीय विवरण सार्वजानकि गर्ने ९ कम्पनीको अवस्था :

सगरमाथा- यो बीमा कम्पनी वित्तीय सूचकांकका आधारमा सञ्चालनमा रहेका जीबन बीमा कम्पनीहरुमध्ये पहिलो नम्बरमा छ । कम्पनीको चुक्ता पुँजी ३१ करोड रुपैयाँ छ । गत वर्ष कम्पनीले २० करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

यस कम्पनीको नाफा सञ्चालनमा रहेका निर्जीबन बीमा कम्पनीहरुमध्ये सबैभन्दा बढी हो । कम्पनीले गत वर्ष ९७ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । कम्पनीले १४ करोड ६६ लाख रुपैयाँ दावी भुक्तानी गरेको छ भने २१ करोड ८१ लाख रुपैयाँ दावीको भुक्तानी गर्न बाँकी छ । कम्पनीले ८ करोड ८३ लाख रुपैयाँ व्यवस्थापन खर्च गरेको छ ।

शिखर इन्स्योरेन्स- यो कम्पनीले गत वर्ष १३ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।  कम्पनीले १ अर्ब रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ भने १७ करोड ८६ लाख रुपैयाँ दावी भुक्तानी गरेको छ । १३ करोड ४६ लाख रुपैयाँ दाबीको भुक्तानी गर्न बाँकी छ । कम्पनीको चुक्ता पुँजी २९ करोड ७७ लाख रुपैयाँ छ । १० करोड रुपैयाँ व्यवस्थापन खर्च गरेको छ ।

एनएलजी- यो कम्पनीले गत वर्ष १५ करोड ७१ ल्ाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले ७९ करोड ८८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छ । कम्पनीले १८ करोड ४८ लाख रुपैयाँ दाबीको भुक्तानी गरेको छ भने १५ करोड ४५ लाख रुपैयाँ दाबीको भुक्तानी गर्न बाँकी छ । कम्पनीको व्यवस्थापन खर्च १० करोड ३३ लाख छ भने चुक्ता पुँजी २९ करोड ७० लाख रुपैयाँ छ ।

सिद्धार्थ- यो कम्पनीले गत वर्ष १२ करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले हालसम्म ८२ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ भने १६ करोड ७७ लाख रुपैयाँ दावी भुक्तानी गरेको छ । ८ करोड ५३ लाख रुपैयाँ दाबीको भुक्तानी गर्न बाँकी छ । कम्पनीको चुक्ता पुँजी २५ करोड ८ लाख रुपैयाँ छ भने ६ करोड ८० लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

एलाइन्स- यो कम्पनीले गत वर्ष ५ करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले ६३ करोड २७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ भने २२ करोड २२द्द लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । ५ करोड १० लाख रुपैयाँ दाबी भुक्तानी हुन बाँकी छ । कम्पनीले ७ करोड १७ लाख रुपैयाँ व्यवस्थापन खर्च गरेको छ ।

कम्पनीको चुक्ता पुँजी १८ करोड २६ लाख रुपैयाँ छ । बीमा समितिले अघिल्लो वर्ष नै निर्जीबन बीमा कम्पनीको न्यूनतम चुक्ता पुँजी २५ करोड रुपैयाँ पुर्‍याउन निर्देश्न दिएको थियो ।

नेको इन्स्योरेन्स- यो कम्पनीले गत वर्ष ४ करोड रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले ४६ करोड ११ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले ९ करोड ६८ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ भने १० करोड ५५ लाख रुपैयाँ दाबीको भुक्तानी गर्न बाँकी छ ।

यो कम्पनीलेे पनि बीमा समितिले तोकेको न्यूनतम चुक्ता पुँजी पुर्‍याएको छैन । कम्पनीको चुक्ता पुँजी १३ करोड ५२ लाख रुपैयाँ छ । प्रिमियर इन्स्योरेन्ससँग मर्ज हुने सम्झौता गरेपनि साधारणसभामा सेयरधनीले मर्जरको प्रस्ताव अस्वीकार गरेका थिए । कम्पनीको व्यवस्थापन खर्च ६ करोड रुपैयाँ छ ।

युनाइटेड- यो कम्पनीले गत वर्ष ५ करोड ५६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले ३७ करोड ७५ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । कम्पनीले ८ करोड ३२ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ भने ७ करोड ३४ लाख रुपैयाँ दाबीको भुक्तानी गर्न बाँकी छ ।

कम्पनीको कर्मचारी खर्च ६ करोड ११ लाख रुपैयाँ छ । यो कम्पनीको पनि समितिले तोकेबमोजिम चुक्ता पुँजी पुर्‍याउन सकेको छैन । कम्पनीको चुक्तापुँजी १० करोड रुपैयाँ छ ।

प्रिमियर- यो कम्पनीले गत वर्ष ४ करोड ७६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले ५० करोड २२ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । १५ लाख २२ हजार रुपैयाँ दाबीको भुक्तानी गरेको छ भने १२ करोड ६६ लाख रुपैयाँ दाबीको भुक्तानी गर्न बाँकी छ । कर्मचारी खर्च ४ करोड ९४ लाख रुपैयाँ छ । कम्पनीको चुक्ता पुँजी समितिले तोकेकोभन्दा कम ११ करोड ७३ लाख रुपैयाँ छ ।

हिमालयन जनरल- यो कम्पनीले गत वर्ष ८ करोड ५० लाख रुपैयाँ खुद नाफा कमाएको छ ।  कम्पनीले ९३ करोड ११ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । १६ करोड २६ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ भने ४ करोड १३ लाख रुपैयाँ दाबीको भुक्तानी गर्न बाँकी छ । कम्पनीको चुक्ता पुँजी २५ करोड रुपैयाँ छ भने ५ करोड २९ लाख रुपैयाँ कर्मचारी खर्च गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment