Comments Add Comment

सेना र प्रहरीमा भर्ती हुने महिलाले ‘चिन अप’ गर्नु नपर्ने

mahila

१५ भदौ, काठमाडौं । नेपाली सेनामा महिलालाई भर्ना हुन वैवाहिक विभेद रहेको भनी आलोचना भइरहेका बेला जंगी अड्डाले पुरुषलाई समेत सेनामा भर्ना हुन अविवाहित हुनुपर्ने शर्त अघि सारेको छ । साथै महिलाहरुले विशिष्ट शारीरिक बनावटका कारण पुरुषको भन्दा कम अभ्यास गरे पुग्ने व्यवस्था गरिएको छ ।

नेपाली सेनामा महिलाको संख्या कम भए पनि उनीहरुलाई भर्ती गर्दा पुरुषलाई भन्दा सहज सुविधा दिइएको छ । सैनिक स्रोतले यसलाई सकारात्मक विभेद भनेको छ ।

आइतबारदेखि भर्ना खुलाइएको अधिकृत क्याडेटमा भर्ती हुनेले पास गर्नुपर्ने शारिरीक परीक्षामा पुरुषलाई भन्दा महिलालाई सहुलियत दिइएको विज्ञापनमै खुलाइएको छ । अधिकृत क्याडेटका लागि प्रतिस्पर्धा गर्ने पुरुषले सिटअप १५ पटक गर्नुपर्छ भने महिलाले ८ पटकमात्रै गरे पास हुन्छन् । त्यस्तै पुसअप पनि पुरुषलाई १० पटक र महिलालाई ५ पटकमात्र तोकिएको छ ।

चिनअप (डण्डीमा हातले झुण्डिएर छाती छुवाउने) पुरुषले ३ पटक गर्नुपर्छ भने महिलाका लागि चीनअपमा छुट दिइएको छ । यस्ता अभ्यास गर्दा महिलाको संवेदनशील अंगमा असर पर्ने भएकाले छुट दिइएको एक सैनिक अधिकारीले बताए ।

अधिकृत क्याडेटको तह पास गर्न पुरुष उम्मेदवारले ३ सय मिटर दौड एक मिनेट अर्थात ६० सेकेण्डमा पूरा गर्नुपर्छ । महिलाले भने यही दौड ७० सेकेण्डमा पूरा गरे हुन्छ ।

त्यस्तै दुई माइल दौड पुरुषले १७ मिनेटमा पूरा गर्नुपर्ने नियम छ । तर, महिलाको हकमा भने १ माइल दौड ११ मिनेटमा पूरा गरे हुन्छ ।

यसपटक कुल १ सय २० अधिकृत क्याडेट दरबन्दीका लागि विज्ञापन गरिएकोमा १० महिला अधिकृत मागिएको छ । बााकी १ सय १० जना पुरुष रहनेछन् । उनीहरुको आवेदन काठमाडौको भद्रकाली, सुनसरीको इटहरी, मकवानपुरको हेटौडा सुपारेटार, पोखरा, सुर्खेत र दिपायलबाट दिन सकिने जनाइएको छ ।

समावेशीतर्फ पनि आदिवासी, दलित, मधेशी लगायत आरक्षित पुरुषले आरक्षण वा खुल्लामा मात्र दरखास्त दिन पाउाछन् । तर, महिलाका हकमा दुबैतिर दरखास्त दिन खुल्ला गरिएको सैनिक स्रोतले जनाएको छ ।

अधिकृत क्याडेटको आधार तालिम सकेपछि उनीहरु सहायक सेनानी हुन्छन् । त्यसपछि महिला सहायक सेनानीलाई प्रत्यक्ष लडाइा लड्ने भन्दा पनि पछाडि बसेर सघाउने निकायमा समावेश गरिने सेनाले जनाएको छ ।
‘महिलाको हकमा लडाइाको समयमा अग्रभागमा गई प्रत्यक्ष रुपमा लड्ने नेपाली सेनाका निकायहरु बाहेकका लडाइामा प्रत्यक्ष संलग्न फौजलाई पछाडि रहेर सेवा वा सहयोग पुर्‍याउने निकायहरुमा समावेश गराइनेछ’ सेनाले भनेको छ ।

दुबै अविवाहित हुनुपर्ने

नेपाली सेनाले आइतबार प्रकाशित गरेको अधिकृत क्याडेट पदको दरखास्त आह्वानमा उम्मेदवारहरु महिला पुरुष दुवै अविवाहित हुनुपर्ने प्रष्ट पारेको छ । उनीहरुले तालिम अवधिभर विवाह गर्न पाउने छैनन् । तर, वहालवाला सैनिकले भने अधिकृत क्याडेटमा भर्ती हुन अविवाहित हुनुपर्दैन ।

सेनामा ३३ प्रतिशत लागू नहुने
महिलाले हरेक क्षत्रेमा ३३ प्रतिशतको माग गर्दै आएता पनि सेनाजस्तो विशिष्ट निकायमा यस्तो कोटा लागू हुन सक्ने देखिादैन । सैनिक स्रोतका अनुसार नेपाली सेनामा अहिलेसम्म १ हजार ७ सय ७६ महिला कार्यरत छन् । यो संख्या सेनाको कूल संख्याको १ दशमलव ९१ प्रतिशत हो । सेनाले आफ्नो संगठनमा ५ प्रतिशतसम्म महिला भर्ना गर्ने नीति लिएको छ ।

सेनामा हाल रहेका १७ सय ७६ महिलामध्ये जनरल सर्भिसमा १३४, प्राविधिक अफिसरमा १७२, जुनियर कमिसन र नन कमिसनमा जनरलसहित जोड्दा १२ सय ३६ कार्यरत छन् । टेक्निकल सर्भिसमा २३४ जना महिला सैनिक कार्यरत रहेका छन् ।

सशस्त्रमा पनि महिलालाई छुट

यसैबीच सशस्त्र प्रहरीमा पनि शारीरिक परीक्षणमा महिलालाई छुट र सुविधा दिइएको छ । सशस्त्र प्रहरीले भदौ १५ मै आह्वान गरेको प्राविधिकतर्फको अधिकृत पदको विज्ञापनमा महिलालाई छुट दिइएको छ ।

सशस्त्र प्रहरी निरीक्षक प्रशासन र प्राविधिक दुवैतर्फ भिड्ने पुरुषले ३ सय मिटर दौड ५५ सेकेण्डमा पूरा गर्नुपर्छ भने महिलाले ६५ सेकेण्ड पाउने छन् ।

त्यस्तै सिटअप पुरुषले १० पटक गर्दा महिलाले ३ पटक गरे पुग्छ । पुसअप पनि पुरुषले १० पटक गर्दा महिलालाई ३ पटकमात्र भनिएको छ । चीनअप पुरुषले ३ पटक र महिलाले गर्न नपर्ने भनिएको छ ।

त्यस्तै २ माइल दौड पुरुषले १८ मिनेट र महिलाले २२ मिनेटमा पूरा गर्नुपर्ने सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरी सहायक निरीक्षक प्रशासनतर्फ पनि पुरुषले ३ सय मिटर दौड ५० सकेण्डमा पूरा गर्दा महिलालाई ६० सकेण्ड दिइएको छ ।
त्यस्तै सिटअप पुरुषलाई १५ र महिलालाई ५ पटक तोकिएको छ भने पुसअप पनि पुरुषलाई १५ पटक गर्दा महिलालाई ५ पटक तोकिएको छ । चीनअप पुरुषले ५ पटक गर्नुपर्ने छ भने महिलालाई अनिवार्य छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment